Advertisement
|
असार ६, २०७३- भूमि सुधार तथा ब्यवस्था मन्त्री रामकुमार सुब्बाले राजा ल्याउन मन्त्री पद पनि छाड्न तयार रहेको बताएका छन् ।
‘मन्त्री पद भन्दा मेरो लागि राजसंस्थाको विचार ठूलो हो,’ काठमाडौंमा सोमबार आयोजित साक्षात्कारमा उनले भने, ‘प्रधानमन्त्री लगायतका निकायबाट मेरो विचार कुण्ठित गर्ने काम भए हाँसी हाँसी मन्त्री पद त्याग्छु ।’
गणतान्त्रिक संविधानको सपथ खाएर मन्त्री भएकोले यस्तो विचार राख्दा प्रश्न उठ्नु स्वभाविक भए पनि संविधान निर्माणमै आफूहरुले फरक मत राखेको उनले बताए ।
मन्त्री सुब्बाले तीन वर्षभित्र सुकुम्बासीमुक्त मुलुक बनाउने कार्ययोजना सुरु भइसकेको जानकारी दिँदै त्यसपछि ऐलानी, सरकारी, गुठी लगायतका जग्गाको संरक्षण गर्न अलग्गै विभाग गठन गर्ने गरी तयारी भइरहेको बताए । आगामी आर्थिक वर्षमा कैलाली, दार्चुला, हुम्ला, सुर्खेत, जाजरकोट र डोटीबाट हलियाप्रथाको पूर्ण मुक्त गरिने योजना सुनाउँदै दुई वर्षभित्र दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरबाट कमैयामुक्त गर्ने बताए ।
झापा, मोरङ, सिराहा र पर्सामा सीमा व्यवस्थित गर्ने काम भइरहेको उनले जानकारी दिए ।

0 comments
प्रतिक्रिया दिनुहोस्...