-->
राष्ट्रिय नाचघरका संगीत प्रबन्धकको सर्टिफिकेट नक्कली !
Advertisement

असार ६, २०७३- साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा कार्यरत बरिष्ठ संगीत प्रबन्धक सुदेशराज शर्माको सर्टिफिकेट नक्कली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा चलाएको छ ।
नियुक्ति प्रयोजनको लागि पेस गरेको बिहार इन्टरमिडियट एजुकेसन काउन्सिल, भारतबाट सन् १९८७ मा आईए उत्तीर्ण गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अख्तियारको दाबी छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन,२०१७ को दफा १२ र २९(२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १६ (१) बमोजिम हदैसम्मको दण्ड सजाय माग गर्दै सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.