अफगानिस्तानमा कति छन् नेपाली ?
Advertisement
|
आतंकवादी हमलामा अफगानिस्तानको राजधानी काबुलमा नेपालीको ज्यान गएपछि त्यहाँ कति नेपाली छन् भन्नेबारे चासो बढेको छ ।
२०६१ भदौ १६ मा इराकमा १२ नेपाली कामदार मारिएपछि सरकारले त्यहाँ जान प्रतिबन्ध लगाएको थियो । तर वैधानिक रूपमा नेपाली कामदार जान रोकिए पनि अवैध बाटोबाट नेपाली जाने क्रम रोकिएको छैन । घटना सेलाएलगत्तै वैदेशिक रोजगार व्यवसायीको दबाबमा सरकारले अफगानिस्तानलाई आंशिक रूपमा खुल्ला गरेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार १२ मेनपावर व्यवसायी नेपालीलाई अफगानिस्तान पठाउन सक्रिय छन् । वैदेशिक रोजगार विभागका अनुसार गत वैशाखमा मात्रै १ सय ४९ नेपाली कामदार श्रम स्वीकृति लिएर अफगानिस्तान पुगेको देखिन्छ । अर्थात् औसतमा दैनिक पाँच जना नेपाली श्रमका निम्ति वैधानिक बाटोबाट त्यहाँ पुग्छन् ।
आर्थिक वर्ष २०७२/७३ को वैशाख मसान्तसम्म १ हजार २ सय १३ नेपाली कामदार कानुनी रूपमै अफगानिस्तान पुगेका छन् । जसमा व्यक्तिगत स्वीकृतिमा जाने कामदारको संख्या १ हजार ५५ छ भने संस्थागत स्वीकृतिमा १ सय ५८ जना । तीमध्ये अधिकांश पुरुष छन् । चालु आर्थिक वर्षमा २ जना महिला मात्रै वैधानिक रूपमा अफगानिस्तान पुगेको देखिन्छ ।
विभागका महानिर्देशक शत्रुघ्नप्रसाद पुडासैनीका अनुसार राष्ट्रसंघ र कूटनीतिक नियोगमा मात्रै नेपाली पठाइने गरेका बताए । त्यसका अलवा व्यक्तिगत श्रम स्वीकृतिमा जाने डाक्टर, इन्जिनियर र प्रोफेसरको पनि सानो संख्या छ ।
वैधानिक तबरबाट भन्दा दुबई र भारतको बाटो हुँदै अवैध रूपमा अफगानिस्तान पुगेका नेपालीको संख्या निकै छ । जानकारहरूका अनुसार १० देखि १५ हजार हाराहारीमा नेपालीहरू अफगानिस्तानमा छन् । ‘अब के गर्ने भन्नेबारे मन्त्रालयस्तरमा छलफल गरेपछि मात्रै टुंगोमा पुग्छौं,’ पुडासैनीले भने ।
श्रम तथा रोजगार मन्त्री दीपक बोहोरा काठमाडौं बाहिर रहेका कारण मन्त्रालयले यस विषयमा कुनै ठोस निर्णय लिइसकेको छैन् । वैदेशिक रोजगारीको क्षेत्रमा लामो समयदेखि अध्ययन गरिरहेका गणेश गुरुङ २०६१ को घटनापछि सरकारले लगाएको प्रतिबन्ध किन खुला गरियो भन्ने जवाफ दिनुपर्ने बताउँछन् ।
गुरुङको अनुभवमा त्यसलगत्तै व्यवसायीको चर्को दबाबमा सरकारले अफगानिस्तालाई आंशिक रूपमा खुला गरेको थियो । आवधिक सूचना लिएर त्यहाँको सुरक्षा स्थिति र नेपाली कामदारको अवस्था बुझ्ने सरकारी परिपाटीका नभएका कारण नेपाली कामदारले समस्या भोग्नुपरेको उनले बताए ।
‘घटनापछि आवेशमा आएरभन्दा पनि त्यहाँको सुरक्षा अवस्थाबारे सुरक्षाविज्ञबाट विस्तृत अध्ययन गरेर कामदार पठाउन रोक्ने वा खुला राख्ने भन्ने निर्णय गर्नुपर्छ,’ उनले भने ।
निर्णय पुनर्विचार हुन्छ : श्रममन्त्री
अफगानिस्तानमा नेपाली कामदार मारिएपछि ‘ग्रिन जोन’ मा मात्रै कामदार पठाउने सरकारी निर्णय पुनर्विचार हुने भएको छ । श्रम तथा रोजगार मन्त्री बोहोराले कान्तिपुरसँग भने, ‘घटनापछि हामी पूर्ववत् निर्णय पुनर्विचार गर्ने निष्कर्षमा पुगेका छौं ।’
अफगानिस्तानमा नेपाली कामदार मारिएपछि ‘ग्रिन जोन’ मा मात्रै कामदार पठाउने सरकारी निर्णय पुनर्विचार हुने भएको छ । श्रम तथा रोजगार मन्त्री बोहोराले कान्तिपुरसँग भने, ‘घटनापछि हामी पूर्ववत् निर्णय पुनर्विचार गर्ने निष्कर्षमा पुगेका छौं ।’
मन्त्री बोहोराका अनुसार अबका दिनमा अफगानिस्तानका निम्ति श्रम स्वीकृति रोकिन सक्छ । के कारणले नेपाली कामदार ‘टार्गेट’मा परेका हुन् भन्ने विषयमा विस्तृत अध्ययन गरेपछि मात्रै आगामी कदमबारे भन्न सकिने उनले बताए ।
अफगानिस्तान कति नेपाली छन् ?
आर्थिक वर्ष ०५९/६० : ७२
आर्थिक वर्ष ०६०/६१ : ३२७
आर्थिक वर्ष ०६१/६२ : ०
आर्थिक वर्ष ०६२/६३ : ३२
आर्थिक वर्ष ०६३/६४ : १८२
आर्थिक वर्ष ०६४/६५ : १४००
आर्थिक वर्ष ०६५/६६ : १५३८
आर्थिक वर्ष ०६६/६७ : ७३५
आर्थिक वर्ष ०६७/६८ : ६५५
आर्थिक वर्ष ०६८/६९ : ८२३
आर्थिक वर्ष ०७० /७१ : ६०५
आर्थिक वर्ष ०७१/७२ : १५०१
आर्थिक वर्ष ०७२/७३ वैशाख मसान्तसम्म : १२१३
स्रोत : वैदेशिक रोजगार विभाग
आर्थिक वर्ष ०६०/६१ : ३२७
आर्थिक वर्ष ०६१/६२ : ०
आर्थिक वर्ष ०६२/६३ : ३२
आर्थिक वर्ष ०६३/६४ : १८२
आर्थिक वर्ष ०६४/६५ : १४००
आर्थिक वर्ष ०६५/६६ : १५३८
आर्थिक वर्ष ०६६/६७ : ७३५
आर्थिक वर्ष ०६७/६८ : ६५५
आर्थिक वर्ष ०६८/६९ : ८२३
आर्थिक वर्ष ०७० /७१ : ६०५
आर्थिक वर्ष ०७१/७२ : १५०१
आर्थिक वर्ष ०७२/७३ वैशाख मसान्तसम्म : १२१३
स्रोत : वैदेशिक रोजगार विभाग

0 comments
प्रतिक्रिया दिनुहोस्...