Advertisement
|
जाडोभन्दा गर्मीलाई फेसनेवल मौसम मानिन्छ । त्यसो त शारीरिक स्वास्थ्य र सौन्दर्यमा पनि जाडोभन्दा गर्मीमै बढी जोखिम निम्तिन्छ । अहिले बजारमा विभिन्न जातका विभिन्न डिजाइनका फेसनेवल कपडाहरू बिक्रीमा राखिएको देखिन्छ । तर, फेसनका लागि उत्कृष्ट देखिए पनि केही जातका कपडा गर्मीमा शरीरका लागि उत्तम हुँदैनन् :
रेयोन
विभिन्न वनस्पति र केमिकलबाट बनाइएको कृत्रिम धागोबाट रेयोनको कपडा तयार पारिन्छ । रेयोन जातका कपडाले पानी सोस्न सक्दैन । गर्मीमा रेयोनबाट बनेका पहिरन लगाउँदा शरीरबाट निस्किएको पसिना सोस्न सक्दैन र बढी गर्मी हुने तथा छालामा असर निम्त्याउने हुनसक्छ । डिजाइन उत्कृष्ट लागेकै भरमा यो जातको कपडा किन्नु गल्ती हुनसक्छ ।
सिल्क
कपडाबारे ज्ञान भएकाले गर्मीमा सिल्कको कपडा लगाउन मन गर्दैनन् । त्यसैले सिल्कको कपडा धेरै कमले मात्र प्रयोग गरेको पाइन्छ । सिल्कले पानी तथा पसिना कत्ति पनि सोस्दैन । हल्का पानीको छिटा पर्यो भने पनि दाग बसेजस्तो देखिन्छ । कपडा नधोइकनै लगाएजस्तो देखिन्छ । घाममा लगाएर हिँड्दा कपडा तातेर शरीरमा झनै गर्मी बढाउँछ र छालासमेत डढाउँछ ।
पोलिस्टर
गर्मी तथा घाममा पोलिस्टर कपडाबाट बनेका पहिरन नलगाउनु उपयुक्त हुन्छ । पोलिस्टरले शरीरको गर्मी तथा सूर्यबाट आएको तातो किरण सोस्छ र शरीरमा झन् गर्मी बढाइदिन्छ ।
नाइलन
नाइलनमा सबैभन्दा बढी सिन्थेटिक केमिकल मिसाइएको हुन्छ । यसले हल्काभन्दा हल्का तातोलाई पनि सोस्छ । यो धागोको कपडा स्विमिङ गर्दा र पानी शरीरभित्र पस्न नदिन प्रयोग गर्नु उपयुक्त हुन्छ । तर, गर्मीमा लगाउँदा गर्मी गराउने र छालामा समेत असर पार्ने गर्छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...