Advertisement
|
नेपालमा धेरै विद्यार्थीको चाहना भविष्यमा डाक्टर, पाइलट वा इन्जिनियर बन्ने रहन्छ । भर्खरै एसएलसी उत्तीर्ण भएका अधिकांश विद्यार्थीमा पनि यस्तो चाहना छ । पछिल्लो समय नेपालमा इन्जिनियरिङ क्षेत्र रोज्ने विद्यार्थीको भविष्य उज्वल देखिएको छ । त्यसमा पनि सूचना प्रविधिको बढ्दो प्रयोगका कारण कम्प्युटर इन्जिनियरको करिअर राम्रो छ । भविष्यमा कम्प्युटर इन्जिनियर बन्न चाहने विद्यार्थीको गणित र अंग्रेजीमा विशेष दख्खल हुनुपर्छ । सानैदेखि प्राविधिक क्षेत्रमा रुचि भएका विद्यार्थीलाई यो क्षेत्र पढ्न सजिलो हुन्छ । यो विषय अध्ययन गर्ने विद्यार्थीको क्रिएटिभ क्षमता केही बढी हुनुपर्छ । कक्षा ११ र १२ मा सामान्यतया ५० प्रतिशतभन्दा बढी अंक ल्याएको विद्यार्थीले यो क्षेत्र रोज्दा सजिलो हुन्छ । तर, उत्कृष्ट कलेजमा भर्ना हुन भने प्रवेश परीक्षा उत्तीर्ण गरेर भर्ना हुनुपर्ने व्यवस्था छ । प्राविधिक विषय भएकाले नियमित अध्ययन गर्ने विद्यार्थी सफल हुन्छन् । कम्प्युटर इन्जिनियरको कोर्स जम्मा चार वर्षको मात्र हुन्छ । यो विषय पढ्न गाह्रो भए पनि विश्व बजारमा अवसरको कमी भने छैन । आर्थिक रूपमा मध्यमस्तरका परिवारले पनि सजिलै यो विषयमा पढाउन सक्छन् ।
कम्प्युटर चलाउँदा ध्यान दिनुपर्ने
अहिले जुनसुकै काम गर्दा पनि कम्प्युटर अनिवार्यजस्तै भइसकेको छ । ठूला खालका कर्पोरेट हाउसदेखि सामान्य कार्यालयमा कम्प्युटरबाट नै अधिकांश काम हुन्छ । अहिले कम्प्युटर प्रयोग नहुने ठाउँ पाउन मुस्किल छ । रोर्बटबाट मान्छेजस्तै काम गराउने प्रविधिको पनि विकास भइरहेको छ । बढ्दो प्रयोगका कारण एउटा घरमा कम्तीमा एकजना कम्प्युटरमा विशेष दख्खल राख्ने व्यक्ति अनिवार्य भइसकेको छ । यस्तै अवस्था भएमा आगामी पाँच वर्षभित्र सूचना दिने र लिने सबै कम्प्युटरबाट मात्रै हुने अनुमान गरिएको छ ।
टिप्स
कम्प्युटर चलाउनेसँग यसको सामान्य ज्ञान हुँदा राम्रो हुन्छ ।
कम्प्युटर राख्ने र चलाउने व्यक्ति बस्ने ठाउँ सुविधायुक्त हुनुपर्छ ।
कम्प्युटर चलाउँदा एकदमै तातो हुने भएकाले चिसो ठाउँमा राखेर चलाउँदा राम्रो मानिन्छ ।
कम्प्युटर राख्ने ठाउँ प्रदूषणरहित भएमा राम्रो हुन्छ ।
कम्प्युटरको सफ्टवेरलाई सुरक्षित बनाउन एन्टी भाइरसको प्रयोग गर्नुपर्छ ।
कम्प्युटरलाई नियमितजसो मर्मत–संहार गरी चलाउनुपर्छ ।
कम्प्युटर केटाकेटीले चलाउन नमिल्ने स्थानमा राख्नुपर्छ ।
कम्प्युटर, ल्यापटप चोरी हुन सक्ने भएकाले सुरक्षित ठाउँमा राख्ने गर्नुपर्छ ।
कहाँ अवसर ?
कम्प्युटर इन्जिनियरको चार वर्षे पढाइ पूरा भएपछि प्रविधिक क्षेत्रमा धेरै अवसर पाउन सकिन्छ ।
कुनै कार्यालयमा सिस्टम एडमिनिस्टरको जिम्मेवारी पाउन सकिन्छ ।
कार्यालय प्रयोजनमा प्रयोग हुने कम्प्युटरको मेकानिकल काम गर्न सकिन्छ ।
कम्प्युटर सफ्टवेर बनाई बिक्री गर्न सकिन्छ ।
कम्प्युटरको हार्डवेर र सफ्टवेरसम्बन्धी काम गर्ने अवसर पाउन सकिन्छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...