-->
ज्याकीकी छोरीलाई हिरोइनको अफर
Advertisement

अभिनेता ज्याकी श्राफकी छोरी कृष्णालाई हिरोइनको अफर आउन थालेको छ । उनका छोरा टाइगर हिरोका रूपमा जम्दै गइरहेका छन् । सोही क्रममा बलिउडका केही निर्माताले कृष्णालाई हिरोइन बनाउने इच्छा देखाएका छन् ।
कृष्णा हाल एउटा डकुमेन्ट्री बनाइरहेकी छिन् । उनले आफ्नो डकुमेन्ट्रीको केही दृश्य आमिर खानलाई देखाएकी थिइन् । आमिर कृष्णाको कामदेखि प्रभावित भएको बताइन्छ । कृष्णालाई हिरोइनको अफर आउने क्रम बढेपछि बाबु ज्याकी र दाइ टाइगरले घरसल्लाह गरिरहेका छन् । ज्याकी भने आफूहरूले जे भने पनि अन्तिम निर्णय भने कृष्णाकै मान्य हुने दाबी गर्छन्।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.