साउदीबाट उडेको जहाजभित्र हंगामा, एयरहोस्टेससँग सेल्फी लिने चक्करमा एकजना पक्राउ
Advertisement
|
साउदीबाट उडेको जहाजभित्र हंगामा, एयरहोस्टेससँग सेल्फी लिने चक्करमा एकजना पक्राउ
जेट एयरवेजको फ्लाइट साऊदी अरबको दमामबाट भारतको मुम्बई आइरहेको थियो | यसै अवस्थामा विमानमा सवार एक युवक यात्रुले एयर होस्टेससँग सेल्फी लिन जिद्दी गरे | यति मात्र नभई ति युवकले एयर होस्टेजलाई अँगालो हालेर सेल्फी लिने कोशिश गर्न लागे | युवकको यस्तो ब्यबहार देखेर विमानमा हंगामा मच्चियो | यही बिषयलाई लिएर भारत स्थित मुम्बईको छत्रपति शिवाजी इन्टरनेशनल एयरपोर्टमा फ्लाइट ल्याण्ड हुनासाथ युवकलाई प्रहरीले गिरफ्तार गरेको छ |
एयर होस्टेसले प्रहरीसामु दिएको आरोपमा भनिएको छ ‘म जब बोर्डमा बसीरहेको थिएँ तब अबूबकर नामका यस व्यक्तिले मेरो हात समात्यो र भन्न लाग्यो कि हिड न यार, एक सेल्फी हानौं | धेरै बेर नमान्दा पनि पुरै यात्रा अबधिभर उसले मसँग अस्वभाविक ब्यबहार गर्यो |’

0 comments
प्रतिक्रिया दिनुहोस्...