-->
यस कारण लोकमानसिंह र दुर्जकुमारमा भिन्नता छैन
Advertisement

काठमाडौं, १४ असार । लोकमान सिंह कार्की र दुर्जकुमार राई अहिले राज्यका उच्च निकायमा छन् । एउटा भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकायमा छन् । अर्को मुलुकको सुरक्षा बनाइ राख्ने उपल्लो दर्जामा छन् ।
यी दुबैलाई नेपाली जनताले अहिले पदमा आएपछि मात्रै होइन ०६२/६३ को दोस्रो आन्दोलनदेखिनै चिन्छन् । यी दुई सेलिब्रेटी त्यति बेला पनि चर्चामा थिए । अहिले पनि चर्चाको शिखरमा छन् ।
त्यतिबेला दोस्रो जनआन्दोलन दमन गरेको भन्दै चिनिन्थे भने अहिले उनीहरू ‘नव राजा’का रुपमा चिनिन्छन् । दुर्जकुमारले गंगबुमा अफै गोली चलाएर जनआन्दोलन दमन गरेको आरोप खेप्दै आएका छन् । लोकमान सिंहले पनि राजाको चाकडी गर्न र आन्दोलन दमन गर्न प्रत्यक्ष निर्देशन दिँदै आएको आरोप छ । त्यति बेला लोकमान सिंह मुख्य सचिव थिए ।
लोकमान सिंह र दुर्जकुमारको व्यक्तिगत कार्य दक्षता र व्यक्तित्वमामा आशंका गर्नु पर्ने कुनै कारण छैन । उनीहरू आ–आफ्नो क्षेत्रमा दखल राख्छन् । तर, कार्की र राईमा भने एउटा समान व्यक्तित्व भने मिल्छ । त्यो हो, नेपाली जनताका गरिव छोराछोरीलाई दास बनाउने मनोभाव । चाहे त्यो कुनै निकायमा जागिरे किन नहोस् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले आफ्ना अंगरक्षकलाई मनकामना मन्दिरको परिषरमा खुट्टा धुन लगाएर एकाएक चर्चामा आए । उनको त्यो कार्यशैलीको चारैतिर विरोध भयो । लोकमानले त्यसबाट पाठ सिके वा सिकेनन् थाहा हुन सकेको छैन ।
लोकमान सिंहको पदचाप पच्छ्याउँदै सशस्त्र प्रहरीका महानिरीक्षक दुर्जकुमारले पनि आफ्ना अंगरक्षकलाई खुट्टामा जुत्ता लगाउन निर्देशन दिँदै तुना बाँध्न लगाएका छन् । यी दुबैका तस्बिर बाहिर सार्वजनिक भएका छन् । दुर्जकुमारले गरेको यो कार्यको अहिलेसम्म सार्वजनिक रुपमा माफी त के चुँ पनि गरेर बोल्न सकेका छैनन् ।
दोस्रो जनआन्दोलन दमन गरेको अभियोगमा सजायका भागिदार भइसकेका लोकमान सिंह र दुर्जकुमारहरूका यी कार्य त प्रतिनिधि मात्रै रहेको उनीहरूबाट पीडित भएकाहरू बताउने गर्छन् । आफ्नो मुख्यालयभित्र उनीहरूले यस्ता निच कार्य थुप्रै गर्ने गरेको आरोप पनि लाग्ने गरेको छ ।उनीहरूमा आफ्नो पद र व्यक्तित्वको घमण्ड कायम छ । दैनिकनेपालामा समाचार छ |


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.