-->
नक्कली आशंकामा चितवनबाट ३ चिकित्सक पक्राउ
Advertisement

चितवन– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले नक्कलीको आशंकामा चितवनमा शुक्रबार ३ जना चिकित्सक पक्राउ गरेको छ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वसन्त कुँवरका अनुसार सुनिल आचार्य, रजनी अग्रवाल र राजन पुरी समातिएका छन्। उनीहरु भरतपुरको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा कार्यरत रहेको प्रहरीको भनाइ छ।
एसपी कुँवरका अनुसार उनीहरुलाई भरतपुरको प्रगति पोलि क्लीनिकबाट सीआइबीको टोलीले समाएको हो। 'काठमाडौंबाट आएको टोलीले समाएको हो। वीरगञ्जमा पनि केही पक्राउ परेको समाचार छ। भरतपुरमा समातिएकाहरु अहिले जिल्ला प्रहरी कार्यालयमा नै छन्। वीरगञ्जकासहित उनीहरुलाई पनि काठमडौं नै पठाइने छ,' एसपी कुँवरले भने।



Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.