-->
एसएलसीमा D+ ग्रेड आएपछि छात्राले गरिन् आत्महत्या
Advertisement

एसएलसीमा D+ ग्रेड आएपछि छात्राले गरिन् आत्महत्या

 

 कन्या मावि बटुलसेरा बुङगलमा अध्ययनरत छात्राले एसएलसीमा न्यून ग्रेड ल्याएको भन्दै आत्महत्या गरेकी छन । बिहिबार एसएलसी परिक्षाको नतिजा सार्वजनिक भएको दिन न्यून ग्रेड ल्याएको भन्दै पिपलकोट गाविस १ बस्ने १८ बर्षिया सपना कुमारी भण्डारीले रुखमा झुण्डिएर आत्महत्या गरेको कन्या मावि का शिक्षक अक्कल कुँबरले बताए । उनले भने विद्यालयका जेहन्दार विद्यार्थीले यसरी आत्महत्या गर्दा विद्यालय परिवार दुखित भएको छ ।
aatmahatya
०७०२५२० जेड सिम्बोल नम्बर भएकी भण्डारीले डी प्लस १ दशमलव ३० जिपीय ग्रेड ल्याएकी थिइन । यसरी न्यून ग्रेड ल्याएको भन्दै कन्या मावि बटुलसेरा बुङगलमा अध्ययनरत छात्रा सपना भण्डारी घरभन्दा ५० मिटर टाढा रहेको रुखमा झुण्डिएर आत्महत्या गरेको डियसपी नरेन्द्र चन्दले बताए । भण्डारीको शव पोष्टमाटमका लागि प्राथमिक स्वाथ्थ्य केन्द्र रायल मा ल्याउदै गरेको उनको भनाइ छ ।
सरकारले एसएलसी परिक्षाको ८३ बर्ष पछि यसरी पहिलो पटक ग्रेडिङ सिस्टम प्रणाली बारे विद्यार्थी, अभिभावक र शिक्षक सबैलाई बुझाउन नसक्दा अन्यौल छाएको छ ।


Advertisement
,

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.