Advertisement
|
काठमाण्डाै । नेपालको विकास साझेदार डेनमार्कले सन २०१७ को अन्त्यसम्म काठमाण्डुस्थित दूतावास बन्द गर्ने घोषणा गरेको छ ।
नेपालमा दूतावस स्थापना गरेको २५ वर्ष पुग्दानपुग्दै आफ्नो विकास सहयोग सम्बन्धी कार्यक्रम समाप्त भएको जनाउ दिँदै डेनमार्कले दूतावास बन्द गर्ने जनाउ दिएको हो ।
यो घोषणासँगै सन २०१८ बाट डेनमार्कले भारतको नयाँदिल्लीस्थित आफ्नो दूतावासमार्फ नेपालालाई हेर्ने छ । त्यसपछि भिसा सुविधा लिन नेपालीलाई नयाँदिल्ली पुग्नुपर्ने छ ।
यसले डेनमार्क जान चाहने नेपालीको भिसा लिनका लागि समय र खर्चा दुवै बढाउनेछ । यससअघि इटाली, इन्डोनसिया, लिबियाले दूतावास सञ्चालनमा ल्याएको केही वर्षपछि बन्द गरेका थिए ।
‘मुख्य कुरा प्राथमिकता हो । बन्द गर्नु भनेको उनीहरुको प्राथमिकतामा अब नेपाल रहेन भन्ने बुझ्नुपर्यो’ पूर्व परराष्ट्रमन्त्री भेषबहादुर थापाले भने । अाजकाे नागरीक दैनिकमा खबर छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...