-->
श्रीमान बिदेशमा नङग्रा खियाउने श्रीमती अर्कै संग माेज गर्ने : पाचथरमा सम्बन्ध विच्छेदका घटना बढयाे
Advertisement

पाँचथर /जिल्लामा पछिल्लो समय सम्बन्ध विच्छेदको घटना बर्षेनी बढ्न थालेको छ । यस चालु आर्थिक बर्ष ०७२÷०७३ को यो अवधी सम्ममा ७८ वटा मुदाहरु दर्ता भएका अदालतको तथ्याङकले देखाएको छ ।
जसमा ४५ वटा मुद्धाको फैसला भइ सकेको अदालतले जनाएको छ । यस्तै गत आर्थिक बर्षमा ६९ वटा मुद्धा दर्ता भएकोमा ४१ वटा मुदा फैसला भएको कार्यलयको तथ्याङकमा छ । त्यस्तै गरी आर्थिक बर्ष ७० ÷७१ मा ५६ वटा मुद्धा दर्ता भएका थिए ।
यो तथ्याङकले पनि पाँचथरमा बर्षेनी क्रमश सम्बन्ध विच्छेदका मुद्धाले बढावा पइरहेको देखाउँछ । पछिल्लो समय अन्य मुद्धाका तुलनामा जिल्लामा सम्बन्ध विछेदका मुद्धामा वृद्दि आएको जिल्ला अदालतका श्रेस्तेदार टिकेन्द्रवीर जंग राणाले बताउनुभयो ।
उहाँले बैदेशीक रोजगारी, जनचेतनाको कमी र वाल विवाह जस्ता कारण सम्बन्ध विच्छेदका मुद्धामा बढवा आएको श्रेस्तेदार राणाको भनाइ छ । स्वदेशमै रोजगारको अवस्था सिर्जन गर्न सके र जनचेतनामा परिवर्तन ल्याउन सके यो विकराल परिस्थितीलाई रोक्न सकिने श्रेस्तेदार राणाको भनाइ छ ।
purbelinews


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.