-->
गृहनगर चितवनमा किन रिसाइन श्रृष्टि?
Advertisement

पत्रकार र सेलिब्रेटीबीच लभ-हेटको सम्बन्ध रहने गर्छ। त्यस्तै दृश्य आज चितवनमा देखियो। हाल देशभर 'गाजलु' दोस्रो हप्तामा चलिरहेको छ् दर्शकहरूले फिल्मलाई मनपराइरहेका छन्। प्रदर्शनको दौरानमा फिल्मको थप प्रचार होस भन्दै यतिबेला 'गाजलु' टोली मोफसलमा छ।

पोखराको दौडाहा सकेर निर्देशक हेमराज बिसीका साथमा अभिनेत्री श्रृष्टि श्रेष्ठ, अभिनेता गौरव पहाडी तथा सलोन वस्नेतसहितको 'गाजलु' टोली चितवनमा पुगेको थियो। सोहि क्रममा उनीहरूले राखेको प्रेसमिटका दौरान 'गाजलु' अभिनेत्री श्रृष्टि श्रेष्ठ एक प्रश्नलाई लिएर पत्रकारहरूसँग रिसाइन्। फिल्म प्रचारका लागि गृहनगर पुगेकी श्रृष्टिलाई एक रंग पत्रकारले 'मिस नेपाल भइसक्नुभएको त्यहि चर्चालाई क्यास गरूँ, फिल्म खेल्यौ भनेर खेल्नुभएको हो? केहि बताइदिनु न’ भनेर प्रश्न सोधिएपछि उनी रिसाइन। उनले प्रतिप्रश्न गरिन्- ‘तपाईँले मेरो बारेमा केहि रिसर्च गर्न भाछ? मलाई यो प्रश्न सोध्नु अगाडि?’

श्रृष्टि त्यतिमै रोकिनन उनले प्रश्न सोध्ने पत्रकारलाई थप प्रश्न गरिन, 'तपाईँलाई थाहा छ मैले के पढेको छु? पहिलो त्यो गर्नु ,अनि प्रश्न गर्नु?'उनले प्रेसमिटमा प्रश्न सोध्ने शैली गलत भएको र प्रश्नको जवाफ नदिने बताइन्।

यसैबिच एक महिला पत्रकारले प्रश्न सोध्न लागिन तर श्रृष्टिले उक्त प्रश्न पूरा नसुनी उनले यसो भनिन, 'तपाईँहरू दिमागमा किन स्टेरियो टाइपको प्रश्न लिएर किन आउनुहुन्छ? हामी पढेर नि आएका हुन्छौ। मैले थिएटर पढेर आएकी हुँ। मैले इङ्ल्यान्डमा २ वर्ष परफर्मिङ आर्टस पढेर आछु। अहिले सुनिल सरकोमा थिएटर क्लास लिएकी छु। यत्तिकै रहरले आको होइन।

यत्तिकै रहरले मौका पाएको भन्दै हाम पालेर आएको होइन। हामी मेहेनत गरेर आएका हौं। मिस नेपाल हुँदैमा फिल्म नगर्नु भन्ने के छ। सबैलाई आफ्नो बाटो समात्ने अधिकार छ। म कठोर मेहेनत गरेर आको हुँ। पढेर, रिसर्च गरेर आको छु।'
श्रृष्टिसँग यस्तो भएपछि पत्रकारले प्रेसमिटमा उपस्थित अन्य कलाकारहरूलाई प्रश्न थाले।-See more at:Setopati


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.