Advertisement
|
असार ५ गते-
शसस्त्र द्वन्द्वका पिडितले पूर्व राजा ज्ञानेन्द्र शाह र राप्रपा नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री कम थापा विरुद्ध पर्वतबाट उजरी दिएका छन् ।
सत्य निरुपण तथा मेलमिलाप आयोगले दश वर्षे जनयुद्धका क्रममा राज्य र तत्कालिन विद्रोही पक्षबाट पीडित पक्षलाई न्याय दिलाउनको लागि उजुरी संकलन गरिरहेको बेलामा पर्वतमा पूर्व राजा ज्ञानेन्द्र शाह र कमल थापा विरुद्ध उजुरी दर्ता भएको हो ।
स्थानिय शान्ति समितिमा जिल्लामा द्वन्द्वकालमा भएका घटनाको छानविन गरी न्यायको माग गर्दै पूर्वराज ज्ञानेन्द्र शाह र राप्रपा नेपालका अध्यक्ष कमल थापा विरुद्ध कुश्मा नगरपालिका १३ का रामप्रसाद पराजुलीले उजुरी दर्ता गराएका हुन् ।
द्वन्द्वकालको समयमा राज्यपक्षबाट खटाइएका सेनाले चलाएको ३ वटा गोली लागि घाइते भएको भन्दै राजा ज्ञानेन्द्र र कमल थापा विरुद्ध उनले उजुरी दर्ता गरेका छन् । २०६२ चैत्र २६ गते काठमार्डाैंमा उनका दुवै खुट्टामा गोली लागेको बताए ।
पर्वतमा हासम्म २ सय ६६ वटा उजुरी दर्ता भएका छन् । जस मध्ये १७ वटा वेपत्ता छानविन आयोग र २ सय ४९ वटा सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी परेको स्थानिय शान्ति समिति पर्वतले जनाएको छ ।
Nepal Reoprts

0 comments
प्रतिक्रिया दिनुहोस्...