Advertisement
|
सुनको भाउ फेरि बढ्यो
काठमाडौं, असार ५ – सुनको भाउ आइतबार फेरि बढेको छ । तोलामा चार सय रुपैयाँले बढेर सुन आज ५७ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
संघका अनुसार आइतबार अन्तर्राष्ट्रिय बजारमा भाउ बढेर सुन प्रतिऔँस १२ सय ९४ डलर पुगेको छ । लगातार सुनको भाउ बढ्दा त्यसको असर कारोबारमा परेको छ ।
पोहोर परार यही समयमा भन्दा अहिले ५० प्रतिशतले कारोबार घटेको संघका अध्यक्ष माणिकरत्न शाक्यले बताउनुभयो ।
महंगीसँगै भूकम्प र नाकाबन्दी लगायतको असर सुनको कारोबारमा परेको उहाँले बताउनुभयो । वर्षा लागेकाले धेरैजसो घर बनाउने चटारोमा रहेकाले कारोबार सन्तोषजनक नरहेको शाक्यले बताउनुभयो ।
उहाँका अनुसार अहिले दैनिक १० देखि १५ किलोको मात्र माग छ । यस्तै आइतबार चाँदी पनि तोलामा पाँच रुपैयाँले बढेर ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...