Advertisement
|
असार १४, २०७३- बिश्वमा महँगो खनिज पदार्थ युरेनियमको अध्ययन गर्न खानी क्षेत्रमा उद्योगमन्त्री सोमप्रसाद पाण्डे सहित चिनियाँ टोली मंगलबार उपल्लो मुस्ताङको लोमान्थाङ आइपुगेको छ ।
लोमान्थाङ स्थित खोलाको किनारको कान्लामा रहेको युरेनियम ग्यास उत्खनन गर्नुपर्ने धेरै बर्षदेखि माग उठेको थियो । बिभिन्न गैरसरकारी र सरकारी निकायबाट सामान्य अनुशन्धान भएपनि गंभिर रुपमा यहांको युरेनियमका बारेमा अध्ययन भएको थिएन ।
तर, यसपाली उद्योगमन्त्री पाण्डे सहित चिनिया टोली, भुगर्भ बिभागका अनुशन्धानकर्ताले युरेनियमका बारेमा अध्ययन गर्ने भएका छन् ।
यसको उत्खनन र प्रयोगका बारेमा अध्ययनपछि सबै बिबरण सार्बजनिक गरिने मन्त्रीसंग आएको टोलीले जनाएको छ ।
धबलागिरीका खनिजका बिषयमा अनुसन्धान थालेका सोधकर्ता रामप्रसाद उपाध्यायले लोमान्थाङमा रहेको युरेनियम संसारकै उत्कृष्ट र राम्रो गुणस्तरको भएको दाबीका साथ प्रतिबेदन सार्बजनिक गरेका थिए । क्यान्सर रोग निबारणमा थेरापीका लागि प्रयोग हुने युरेनियम हाल नेपालले चीन र अष्ट्रेलियाबाट खरिद गर्दे आएको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...