Advertisement
|
काठमाडौं, १० असार । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले रेकर्ड तोडेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्यमा प्रतितोला ३ हजार रुपैयाँले बृद्धि भएको छ । नेपाली बजारमा सुनको मूल्य तोलामा एकैदिन तीन–तीन हजारले बढेको यो पहिलोपटक हो ।
युरोपियन युनियनबाट ब्रिटेन बाहिरिएपछि एकैदिन सुनको मूल्य ह्वात्तै बढेको हो । नयाँ मूल्यअनुसार सुन तोलाको ५९ हजार रुपैयाँ पुगेको छ । विहीबार तोलाको ५६ हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले युरोपियन युनियनबाट ब्रिटेन बाहिरिएपछि अन्तर्राष्ट्रिय अर्थतन्त्रमा ठूलो असरको सुरुवात भएको र पहिलो प्रभाव सुनमा परेको बताए ।
उनका अनुसार चाँदीको मूल्यमा पनि उल्लेख वृद्धि भएको छ । विहीबार प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ८ सय २० कायम भएको छ ।
dainiknepal

0 comments
प्रतिक्रिया दिनुहोस्...