-->
बेलायत इयूबाट छुट्टिने पक्का भयो,,,,,,,
Advertisement

- ४३ वर्षको संलग्नतापछि बेलायत इरोपियन यूनियनबाट छुट्टिने पक्का भएको छ । बेलायतमा भएको जनमत संग्रहमा छुट्टिने पक्षले बहुमत पाएको छ । जनमत संग्रहमा ५२ प्रतिशत मतदाताले छुट्टिने र ४८ प्रतिशत मतदाताले नछुट्निे पक्षमा मतदान गरेका हुन् ।
यूके इन्डिपेन्डेन्स पार्टीका नेता नेता निगेल फराजले यसलाई बेलायतको स्वतन्त्रताको दिन भन्दै टिप्पणी गरेका छन् ।
मतपरिणाम आएसँगै बेलायती पाउण्डको भाउ सन् १९८५ यताको सबैभन्दा कम भएको छ ।
जनमत संग्रहमा ३ करोड मतदाताले भाग लिएका छन् । यो कूल मतदाताको ७१ दशमलब ८ प्रतिशत हो । खसेको मत सन् १९९२ को चुनाव यताको सबैभन्दा बढी हो ।
वेल्स, इंल्याण्ड र लण्डनबाहिरका अत्याधिक मतदाताले इयूबाट बाहिरिने पक्षमा मतदान गरेको बताइएको छ ।
‘स्वतन्त्रताको दिन’
२० वर्षदेखि इयूबाट बेलायत छुट्टिनुपर्ने वकालत गर्दै आएका यूके इन्डिपेन्डेन्स पार्टीका नेता निगेल फरागले समर्थकलाई सम्बोधन गर्दै भनेका छन्,‘यो सामान्य र भद्र नागरिकको विजय हुनेछ ।’
उनले आजको दिन बेलायतको स्वतन्त्रताको दिनको रुपमा इतिहासमा लेखिने टिप्पणी गरे ।
उनले बेलायत इयूमै रहनुपर्ने विचार राख्ने प्रधानमन्त्री डेभिड क्यामरुनलाई तत्काल पद छाड्न आग्रह गरेका छन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.