रामेछाप-वर्षेनी लाखौं बजेट खर्चिएर पनि सडक व्यवस्थित हुन नसक्दा रामेछाप जिल्लाको उत्तरी क्षेत्रका मानिसहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । सडक मर्मतको नाममा वर्षेनी बजेट विनियोजन हुने गरेको भए पनि सडकमा भने सुधार आएको छैन ।
ठोसे चुचुरे, देउरा हुँदै गुम्देलसम्म जाने सडकको साङवाडाँडादेखि माथिको भागमा दुई वर्षदेखि ग्रामिण सडक सुधार कार्यक्रम (एलआरआइपी) ले सडक स्तरउन्नतीको काम गरिररहेको छ ।
रामेछापको सदरमुकाम मन्थली हुँदै जिल्लाको उत्तरी क्षेत्रका एक दर्जनभन्दा बढी गाविसका मानिसहरु साथै सगरमाथाको बेसक्याम्प जाने यात्रुहरु पनि यही सडक भएर जाने गर्दछन् ।
सडक व्यवस्थित नहुँदा वर्खा लागेसँगै सो सडक भएर सगरमाथाका बेसक्याम्प साथै सोलुको सल्लेरी र फाप्लु जाने पर्यटकहरु पनि घटेको स्थानीयले बताए ।
Advertisement
|

0 comments
प्रतिक्रिया दिनुहोस्...