Advertisement
|
मुख गनाउने समस्या अहिले धेरैमा हुने गरेको छ । आफ्नो स्वास्थ्यको सामान्य ख्याल नगर्दा धेरैले यस्तो समस्या भोगेका हुन्छन् । तर, नियमित रूपमा ब्रस गर्ने हो भने मात्रै पनि धेरै हदसम्म समस्या कम हुन्छ । मुख गनाउने धेरै कारणमध्ये ९० प्रतिशत कारण खानापछि ब्रस नगर्नु नै हो, यदि पेटमा कुनै रोग लागेको छैन भने । तर, कतिपय अवस्थामा पेटमा लाग्ने विभिन्न रोगका कारण पनि मुख गनाउने सम्भावना हुन्छ । खाना खाँदा दाँतमा अड्किएपछि प्लक नामक किटाणुले डेरा जमाएर मुख गनाउने समस्या हुन्छ । यो किटाणु प्रवेश गरेपछि दाँतमा किरा लाग्ने, गिजा सुन्निने, मुखमा स–साना घाउ खटिरा आउने समस्या हुन्छ । जसका कारण धेरैको मुख गनाउने समस्या हुनसक्छ ।
पेटभित्र लागेको रोगका कारण पनि मुख गनाउन सक्छ । जसलाई सिस्टेमिक कारण भनिन्छ । डाइबेटिज, फोक्सोसम्बन्धी रोग, घाँटीमा आउने घाउ, खटिरा र किड्नीसम्बन्धी रोगका कारण पनि मुख गनाउन सक्छ । नियमित रूपमा चुरोट सेवन गर्दा पनि मुख गनाउन सक्छ । त्यसैगरी, लसुन, प्याज र मुला सेवन गर्दा पनि सीमित समयसम्म मुख गनाउँछ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...