Advertisement
|
बैंकिङ क्षेत्रमा स्थापित नाम हो, अनिलकेशरी शाह । पढाइमा पनि सानैदेखि तीक्ष्ण रहेका केशरीले भारतको दिल्ली विश्वविद्यालयअन्तर्गत फ्याकल्टी अफ म्यानेजम्यान्ट स्टडिजबाट एमबिए पूरा गरेका थिए ।
सन् १९९९ मा एमबिए पूरा गरेपछि नेपाल ग्रिनलेज बैंकमा असिस्टेन्टको लेभलबाट आफ्नो करिअर सुरु गरेका थिए । ग्रिनलेज बैंकपछि स्टान्डर्ड चार्टड बैंकका रूपमा सञ्चालन भएको हो । सो बैंकमा १३ वर्षको जागिरे जीवन पूरा गरेपछि उनले नबिल बैंकमा जनरल म्यानेजरका रूपमा जिम्मेवारी सम्हालेका थिए । काम गर्ने शैली, नयाँ आइडियाजस्ता कारणले बैंकको उचाइ थपिँदै जाँदा शाहले सबैभन्दा उच्च तह प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाउन सफल भए । जनरल म्यानेजरपछि उनले प्रमुख कार्यकारी अधिकृतका रूपमा पाँच वर्ष काम गरेका थिए ।
नबिल बैंकको सफलतापछि उनले मेगा बैंकको स्थापनाकालदेखि नै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी बहन गर्दै आएका छन् । मेगा बैंकको स्थापना गर्दा सुरु भएको हलोदेखि हाइड्रोसम्म भन्ने नारा पनि निकै चर्चित भएको थियो । बैंकिङ करिअरमा असिस्टेन्ट लेभलदेखि प्रमुख कार्यकारी अधिृकतको जिम्मेवारी सम्हालेका बैंक र अनिलकेशरी शाह शैक्षिक पृष्ठभूमि राम्रो भएकाले बैंकमा जागिर खाने चाहना राख्नुपर्ने बताउँछन् । बैंकर बन्न चाहनेलाई शाहका टिप्स :
टिप्स:
बैंकिङ क्षेत्रमा हाम्रो मान्छेभन्दा राम्रो मान्छे रोज्ने गरिन्छ । त्यसैले आफ्नो क्षमतालाई अब्बल बनाइराख्नुपर्छ ।
बैंकमा प्रवेश गर्न चाहनेले सम्बन्धित क्षेत्रमा अनुभव र तालिम लिएमा थप प्लस प्वाइन्ट हुन्छ ।
बैंकमा जागिर खान कसैलाई भनसुन गर्नुहुँदैन । सबैतिरबाट भनसुन हुँदा झिँजो मान्ने भएकाले कसैलाई नभन्दा राम्रो हुन्छ ।
भनसुनले सम्बन्धित कर्मचारीलाई गर्ने मूल्यांकन कमजोर हुन सक्छ ।
यस क्षेत्रमा जागिर गर्ने कर्मचारीको व्यक्तित्व आकर्षक र सफा सुग्घर हुनुपर्छ ।
काम गर्ने कर्मचारीको बोली एकदमै शिष्ट र भद्र हुनुपर्छ ।
आफ्नो क्षमता आफँै चिनेर सोही विभागको छनोट गरी प्रवेश गर्नुपर्छ । एकैपटक सबै क्षेत्रमा हात हाल्दा एभरेज हुन सक्ने
भएकाले रुचिअनुसारको विभागको जिम्मेवारी लिनुपर्छ ।
यस क्षेत्रमा जाने कर्मचारीले औपचारिक–अनौपचारिक पढाइलाई निरन्तरता दिइरहनुपर्छ ।
कर्मचारीको व्यवहार सबैसँग मिल्ने र सहकार्य गरी काम गर्न सक्ने हुनुपर्छ ।
कर्मचारी इमानदार हुनुपर्छ ।
आफू जुन संस्थामा जागिर खान गइरहेको हो, सो संस्थाको विषयमा सम्पूर्ण जानरकारी राख्नुपर्छ ।
लिखितमा पास भए पनि अन्तर्वार्तामा फालिन सक्ने भएकाले शिष्ट व्यवहार देखाउनुपर्छ । अन्तिममा केही भन्नु छ भन्दा आफूले केही विषयमा राम्रो खालको सुझाब दिने गरी बोल्नुपर्छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...