-->
मनिषाको हत्याबारे प्रहरी बल्ल बोल्यो- ‘प्रेमी आशिषले नै हत्या गरेका हुन्’
Advertisement

मनिषाको हत्याबारे प्रहरी बल्ल बोल्यो- ‘प्रेमी आशिषले नै हत्या गरेका हुन्’

 

 नेपाली फुटबलर स्ट्राइकर विमल घर्तीमगरकी बहिनी मनिषा घर्ति मगरको रहस्यमय मृत्युको निष्कर्ष बाहिर आएको छ । मनिषाको हत्या या आत्महत्या भन्ने कुराको लामो समय बहस चलेता पनि नवलपरासी प्रहरीले उनकै प्रेमी आशिष चौधरीले हत्या गरेको निष्कर्ष निकालेको हो ।
मनिषाको मृत्युपश्चात प्रहरीले उनका प्रेमी आशिष चौधरीलाई तत्काल नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो ।
घटना भएको २१ दिन सम्मको लामो अनुसन्धान पछि प्रहरीले बिभिन्न प्रमाणका साथ मनिषाको हत्या आशिषले नै गरेको पुष्टि गरेको हो । घटनास्थलमा भेटिएका प्रमाण र अनुसन्धानका आधारमा आशिषले मनिषाको हत्या गरेकोे निस्कर्षमा प्रहरी पुगेपछि आशिषविरुद्ध सोमबार नवलपरासी जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गर्न लागिएको छ ।
manisha gharti magar muder
प्रमाणहरु अदालतमा पेश गरीने
नवलपरासी प्रहरीले दिएको जानकारी अनुसार मनिषाको घाँटीमा लागेको पासो, घटनास्थलमा फेला परेको सिसाका टुक्रा मनिषाले लगाएको च्यातिएको भित्रीबस्त्र लगायतका प्रमाण अदालतमा पेश गरिने भएको छ ।
अन्तिम कल ८:३२ मा भएको थियो
प्रहरीले अनुसन्धानको क्रममा मनिषा र आशिषबीच मोबाइलमा भएको कुराकानीको कल रेकर्ड, मोबाइल म्यासेज मार्फत भएको कुराकानी लगायतका विषयमा समेत अनुसन्धान गरेको थियो । घटनाको दिन जेठ १२ गते आशिषले प्रयोग गर्ने मोबाइल नम्बरबाट मनिषाले प्रयोग गर्ने मोबाइल नम्बरमा ८ बजेर ३२ मिनेट २७ सेकेण्डमा अन्तिम कल गरेको देखिएको थियो ।
पोलिग्राफले पनि पत्ता लगाउन सकेन
मनिषाका प्रेमी आशिषको पोलिग्राफ मार्फत उनले सहित बोलेको हो या गलत बोलेको हो भन्ने पत्ता लगाउने कोशिस गरीयो तर आशिषलाई , तिमीले मनिषाको हत्या गरेको हो भन्ने प्रश्नमा होइन भनेका थिए र पोलिग्राफले पनि उनकै कुरालाई सत्य भनेको थियो ।


Advertisement
,

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.