Advertisement
|
मुम्बई । बलिउडमा सलीम खानको योगदानलाई भुल्न सकिदैन् । सलीम अहिलेका चर्चित अभिनेता सलमान खानका पिता हुन् । लेखन शैली र उत्कृष्ठ कला भएका सलीमको फिल्मीयात्रा जस्तै निजी जीवन पनि एकदमै नाटकीय छ ।
२३ वर्षको उमेरबाट कलाकारको हैसियतमा फिल्मी करियर सुरु गरेका सलीमले १९६४ मा करिब ५ वर्षको कोर्टशिपपछि सुशीला चरकसँग विहे गरे । विहेपछि सुशीला नाम परिवर्तन गरी सलमा बनिन् । उनी सलमानकी आमा हुन् ।
सलमाको जिन्दगीमा नयाँ मोड तब आयो जब त्यो समयमा उनका पति सलीमको त्यतिबेलाकी चर्चित कैबरे डान्सर हेलनसँग प्रेम सम्बन्ध गासिँयो । मानिसहरु हेलनलाई सलीमको जिन्दगीको ‘दोस्रो महिला’ मान्छन् तर, साँचो कुरा अर्कै छ । यद्यपी सलीम हेलनलाई आफ्नो विहेभन्दा पहिला देखिनै चिन्दथे र उनीसँग ‘तीसरी मंजिल’ र ‘सरहदी लुटेरा’ जस्ता फिल्ममा काम पनि गरिसकेका थिए ।
दुबै जनाले एउटा लामो रिलेशनसिपपछि १९८० मा विहे गरे । हेलन सलमानकी आमा सलमाकी सौता बनेर भित्रिइन् ।
सलीम भन्छन्– ‘थाहै भएन् कतिबेला मेरो उनी (हेलन)सँग प्रेम सम्बन्ध गाँसियो । तर, एउटा लामो समयपछि हामीले आफ्नो सम्बन्धलाई औपचारिक रुपमा नयाँ नाम दिने सोच्यौ ।’
अहिले सलमा र हेलन एकै घरमा दिदी बहिनीजस्तै निकै मिलेर बसेका छन् तर, एउटा समय यस्तो थियो कि सलमालाई हेलन र सलीमको सम्बन्ध स्वीकार्य थिएन् । सलमाका चारै सन्तान उनैसँग बस्दथे ।
विस्तारै विस्तारै सलमा र उनका छोराछोरीले हेलनलाई राम्रो मानिस मान्दै स्वीकार गरे । यसरी सलीम र हेलनको लभ स्टोरीको सुखद अन्त्य भयो । तर, अहिले सलीम आफै यस्तो स्थितीबाट बच्न सुझाव दिन्छन् ।
भारतीय मिडियासँगको एक अन्तर्वार्तामा सलीमले भनेका छन्- ‘दुई पटक प्रेममा पर्नु मेरा लागि एउटा सुन्दर घटना थियो । मैले यसलाई सरवाईव गरे । तर, म सबैलाई यसबाट टाढै रहन सुझाव दिन्छु ।’ अनलाइन साझा खबरबाट

0 comments
प्रतिक्रिया दिनुहोस्...