Advertisement
|
काठमाडौं, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध दर्ता गराइएको अविश्वास प्रस्तावको सामना गर्न सांसदहरुलाई निर्देशन दिएका छन् ।
विहीबार नयाँ बानेश्वरमा बसेको नेकपा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले सहजतापूर्वक परिस्थितिलाई सामना गर्न तयार रहन सांसदलाई निर्देशन दिएको प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।
‘प्रधानमन्त्रीले सांसदलाई नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले संसदमा दर्ता गराएको अविश्वासको प्रस्तावको सामना गर्न तयार रहन निर्देशन दिनुभयो,’ उनले भने । बैठकमा प्रधानमन्त्रीले एमाले सत्तामा कसैको भर्याङ चढेर नआएको भन्दै जस्तोसुकै परिस्थितिको सामना गर्ने बताएका थिए ।
‘कसैको दयामायाले एमाले सत्तामा नपुगेको बताउँदै राष्ट्रवादको अडान र भारतीय नाकाबन्दीको पनि यसअघि सामना गरेकाले अहिलेको परिस्थितिको सामना गर्न तयार रहनुपर्छ,’ प्रम ओलीले भने ।
dainiknepal

0 comments
प्रतिक्रिया दिनुहोस्...