ओली सरकारको पक्षमा सडकमा उत्रिदै स्वतन्त्र युवा, राजधानी घेर्ने
Advertisement
|
काठमाडौं, ३० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार निरन्तरताको माग राख्दै शुक्रबार युवाहरु सडकमा उत्रिने भएका छन् ।
नाकाबन्दीको सशक्त सामना गरेको र राष्ट्रिय स्वाधिनतालाई उँचो बनाएको ओली सरकारबिरुद्ध माओवादीले अविश्वासको प्रस्ताव दर्ता गराएपछि युवाहरुले ओलीको समर्थनमा सडकमा उत्रिने भएका हुन् ।
चीनसँग नेपालको निकट सम्बन्ध निर्माण गरेका ओलीको पक्षमा सामाजिक सञ्जालमा पनि लहर सिर्जना भएको छ ।
‘आई एम वीथ केपी ओली’ भन्ने नारासहित स्वतन्त्र युवाहरुको समूह शुक्रवार दिउसो ३ बजे माइतीघर मण्डलामा जम्मा हुने भएको हो ।
उनीहरुले सम्पूर्ण युवाहरुलाई उपस्थित हुन आह्वान गरेका छन् । जुनसुकै दल आबद्ध रहे पनि विना झण्डा उपस्थित हुन स्वतन्त्र आह्वान गरेका हुन् ।
dainiknepal

0 comments
प्रतिक्रिया दिनुहोस्...