Advertisement
|
कालिकोट, असार ३१ – कर्णाली राजमार्गको सुर्खेत जुम्ला सडक खण्डमा पर्ने सिम्लागाड खोलाले बगाएर दुई जनाको ज्यान गएको छ । बिहिबार दिउँसो खोला तर्न खोज्दा बगेर लक्ष्मी न्यौपाने भट्टराई र सीता न्यौपानेको ज्यान गएको हो । लक्ष्मीकी ६ महिने छोरीलाई भने खोलामा बग्दै गर्दा गाउँलेले देखेर बचाएका थिए ।
कालिकोटको दाहा–६ मा पर्ने सिम्लागाड खोलाले बगाउँदा दुई दिदी बहिनी छाप्रे–७ ओखरभित्ता माइतीघर भएकी २२ वर्षकी लक्ष्मी र उनकी बहिनी १२ वर्षकी सीताको ज्यान गएको प्रहरी निरिक्षक टेकबहादुर जोराले बताउनु भयो ।
लक्ष्मी माइतीघरबाट श्रीमानको घर दाहा–६ सेरा गाउँ जाँदै गर्दा खोला तरेकी थिइन् । लक्ष्मीकी ६ महिने छोरी बृक्षालाई गाउँलेले बग्दै गरेको देखेर खोलाबाट निकालेको स्थानीय कालिका उमावि पिलीका प्रधानाध्यापक हंशबहादुर शाहीले बताउनु भयो । उज्यालो अनलाइनबाट

0 comments
प्रतिक्रिया दिनुहोस्...