-->
कोरिया जाने प्रक्रिया अगाडी बढाउँदा यी कुरामा ध्यान दिनुस्, सामान्य ध्यान नदिँदा ५३ को भिसा रद्�
Advertisement

असार ३१, काठमाडौं । यो वर्ष कोरियाको भिसा आएर उड्न वाँकी कामदार मध्ये ५३ जना कामदारको भिसा रद्ध भएको छ । ईपिएस कार्यालयका निर्देशक डिल्लीराम बास्तोलाले कोरिया जाने कामदारले सामान्य प्रक्रिया पूरा गरेर कागजात पेश नगर्दा भिसा रद्ध भएको बताए ।
उनले भिसा रद्ध हुने दुई कारण रहेको बताउँदै कामदारका गल्तिले भिसा रद्ध हुने गरेको बताए । उनका अनुसार कागजपत्रमा फरक पर्नु, फोटो नमिल्नु पासपोर्ट र आवेदन मा फरक /फरक फोटो हुनु, अपराधिक क्रियाकलापमा संलग्न नभएको प्रमाणपत्रमा फरक पर्नु, परिक्षार्थीले भाषा परीक्षामा अनैतिक काम गरेको फेला परेकोले भिसा रद्ध हुने गरेको छ ।
यसरी भिषा रद्ध भएमा फेरी अर्को भाषा परिक्षा उतिर्ण नगरी कोरीया जान पाईदैन बास्तोलाले कामदार लिने कम्पनीनै सरकारी कार्वाहीमा परेपनि भिसा रद्ध हुने बताए ।कोरियाली कम्पनीको कारणले भिसा रद्ध हुनेहरुको पुनः श्रम सम्झौता आउँछ तर व्यक्तिगत कारणले भिसा रद्ध भएकाहरुले भने यो भाषा परिक्षा पास गरेको आधारमा कोरिया जान नपाउने ईपिएस कार्यलयका अधिकृत टेक बहादुर खड्काले बताए ।
नयाँ श्रम सम्झौता जुलाइ २६ देखि आउने
ईपिएस कोरियाले आगामी जुलाइ २६ देखि नेपाली कामदारका लागि नयाँ श्रम सम्झौता पठाउने भएको छ । कम्पनीको कारणले भिसा रद्ध भएका नेपाली कामदारलाई उच्च प्रथामिकतामा राख्दै २०१५ को भाषा परीक्षा उतिर्ण गरी कोरिया जान बाँकी करिव ३५०० कामदार मध्ये बाट नयाँ श्रम सम्झौता जारी हुने ईपिएस कार्यालयले जनाएको छ ।
२०१६ को भाषा परिक्षाको नतिजा पनि जुलाइ २६ मै
ईपिएस कार्यालयले गत असार ४ र ५ गते लिएको कोरियाली भाषा परिक्षाको नतिजा यही जुलाइ २६ अर्थात साउन ११ गते सार्वजनिक हुनेछ ।
परीक्षामा ६० हजार ६ सय २६ जनाले परिक्षा आवेदन भरेकोमा ५७ हजार १ सय ५९ जनाले मात्रै परीक्षा दिएका थिए । यो भाषा परीक्षा बाट सन २०१७ का लागि २ हजार १ सय कृषि कामदार र १ हजार औद्योगिक कामदार उतिर्ण हुनेछन् ।- बिजमाण्डू डटकम


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.