सलमान खान किन भक्कानिदै रोए ?
Advertisement
|
१७ साउन। सुरज बर्जात्याका भाइ रजत बर्जात्या जो राजश्री फिल्म्सका सिइओ पनि हुन्, उनको शुक्रबार राति निधन भएको छ । उनी क्यानसर रोगसँग लडिरहेका थिए । उनको मृत्युले बलिउड उद्योगलाई ठुलो झट्का लागेको छ ।
सलमान खानका असल मित्र रजतले सलमानलाई बलिउडमा करिअर बनाउन ठुलो मदत गरेका थिए । रजतको मृत्युको खबर सुन्नासाथ बर्जात्याको परिवारलाई भेट्न पुगेका सलमान भक्कानिदै रोएका थिए ।
सलमान र बर्जात्याको निकै लामो सम्बन्ध रहेको छ । पछिल्लो पटक आएको फिल्म राजश्री फिल्म्सको ‘प्रेम रतन धन पायो’ मा सलमान खानले काम गरेका थिए । सलमान खानाई टिवइट गर्दै रजतको मृत्यु आफु एकदम विक्षिप्त भएको बताएका छन् । - नेपालीपत्र डटकम

0 comments
प्रतिक्रिया दिनुहोस्...