Advertisement
|
एजेन्सी । बलीउडकी चर्चित र अत्यन्तै सुन्दरी अनि विबादास्पद नायिकाको रुपमा पर्छिन् कट्रिना कैफ । कहिले सलमान खानसँगको प्रेम सम्बन्ध त कहिले रणविर कपुरसँगको प्रेम रोमान्सका कारण चर्चा र विबादमा उकैसाथ तानिदै आएकी यि सुन्दरी बेला बेलामा अन्य कारणले पनि विबादमा तानिदै आउने गर्छिन् ।
प्राय संचार माध्यमबाट टाढै बस्न रुचाउने यि सुन्दरी विबादामा आउनुको कारण हो कुनै फोटोपत्रकारले उनको अनुमती बिना तस्विर लिनु । यदि कसैले उनको अनुमती बिना तस्विर लिउको खण्डमा उनी उक्त ब्यक्ति माथी जाइ लाग्छिन् । हालै कोरियोग्राफर गणेश आचार्यको स्टुडियोबाट फर्कँदै गर्दा एक फोटोपत्रकारले उनको तस्बिर खिचेपछि उनले ती फोटोपत्रकारलाई धम्की दिँदै ज्यान लिने धम्की समेत दिइन् ।
जसले बलीउडमा विशाल रुप लियो । उनले फोटोपत्रकार विरुद्ध प्रहरीमा मुद्दा दर्ता गर्ने चेतावनी दिएपछि घटना सेलाउन नपाउँदै उनी र उनका म्यानेजर रेश्मा सेठ्ठीलाई केही फोटोपत्रकारले पछ्याएपछि कट्रिनाले उनीहरुलाई पनि धम्की दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । osnepal

0 comments
प्रतिक्रिया दिनुहोस्...