Advertisement
|
काठमाण्डु, ३१ असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो नेतृत्वमा बन्ने सरकारको प्राथमिकता सार्वजनिक गरेका छन् ।
लाजिम्पाटस्थित निवासमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले मधेस, जनजाति र थारु लगायतका असन्तुष्टि सम्बोधन गरी संविधान कार्यान्यवनको वातावरण निर्माण गर्ने सरकारको पहिलो प्राथमिकता रहने बताए ।
यस्तै शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनु सरकारको दोश्रो प्राथमिकता भएको जनाए । नेपाली काँग्रेससँगको सहमतिको पहिलो बुँदामै मधेसी, जनजाति र थारुका समस्यालाई राजनीतिक सहमतिद्वारा संविधान संशोधन गरेर समाधान गर्ने भन्ने राखिएको छ’, उनले भने, ‘सरकार समस्या समाधानमा गमभीर छ भन्नेलागेपछि मधेसी मोर्चा सहमतिमा आउँछ ।’
प्रचण्डले भूकम्पबाट भएको क्षतिको पुनःनिर्माणलाई नयाँ गति प्रदान गर्न र जनताका विकास निर्माणका आकांक्षा सम्बोधन गर्न अधिकतम रुपमा अभियान सञ्चालन गर्ने उल्लेख गरे । प्रचण्डले बाँकी रहेको १८ महिनामा तीनवटा निर्वाचन सम्भव रहेको समेत दाबी गरे ।
समय अपुग भएको अवस्थामा तीनवटै निर्वाचन एकैसाथ गर्न सकिने विकल्पमा समेत दलहरुबीच छलफल चलेको जानकारी दिए । एकै चरणमा सम्भव नभए गाउँपालिका र नगरपालिकाको एक चरणमा र प्रदेश र संघको निर्वाचन अर्को चरणमा गर्न सकिने उनले जनाए ।

0 comments
प्रतिक्रिया दिनुहोस्...