Advertisement
|
आदरणीय कमरेड प्रचण्डज्यू, अभिवादन ।
म भारत प्रवासको मुम्बईमा कामकाजको खोजीमा पुगेको लगभग २२ बर्ष भयो । यो सिलसिलामा मैले आफ्नो देश प्रतिको माया, मातृभूमिको ममताले सधै दैनिक कार्यसंगै रातिको सपनामा पनि म आफ्नो देशको त्यो सगरमाथा र मानव शान्तिका अग्रदूत गौतमबुद्धलाई सम्झी सधै गर्व गरि रहन्छु । अत्यन्तै कष्टबाट सुरुभएको मेरो जीवनमा थुप्रै उतार चढाव आए । म अछाम जिल्लाको षोडशा गाविस–३ मा जन्मेको हुँ । तपाईहरुले सुरुगरेको मानवसंहार अभियान अन्तर्गतको जनक्रान्ति नामक मिशनले म जस्तै थुप्रै नेपाली युवाहरु आफ्नो स्वतन्त्र बाँच्न पाउने अधिकारबाट बञ्चित हुँदै आफ्ना आमा–बुवा, कलिला नानि–बाबुहरुलाई यो संसारमै छोडी प्राण मुक्त भै आफ्नो बम बारुदले डढेको भौतिक शरीरको अघिपछि घुमिरहे । त्यो भौतिक शरीरपनि ग्रामिण क्षेत्रका सार्बजनिक ठाउँमा गाडेर माटोले पुरिदिंदा ती आत्माले मुक्ति नपाउंदै जताततै घुमिरहेका छन् । कहिले कहिँ कसैमा प्रवेश गरेर भन्ने गरेका छन । बाबुराम र प्रचण्डले हामीलाई धोका दिएर क्रान्तिमा उचाली हाम्रो भौतिक शरीरबाट आत्मालाई छिन्न भिन्न पारि आज आफू रजाइ गरि रहेका छन् । मुक्ति पाएर अर्को जन्म लिइयो भने यिनीहरुलाई हामी माफ गर्ने छैनौं । यो रहयो नेपालमा २०५१–५२ देखि सुरु हुँदै २०६२–६३ सम्म चलेको जनयुद्ध नामक नरसंहारमा आफ्नो ज्यान गुमाएका नेपाली नागरिकका अर्ध मुक्त आत्माको आवाज ।
अर्को बाँचेका र मानसिक भौतिक रुपले अस्वस्थ भइ नरकीय जीवनमा बाँचिरहेका नेपाली नागरिकहरु साथै देशमा ज्यान जोगाउन गाह्रो हुँदा भारत, मलेसिया, साउदी अरबिया, जस्ता थुप्रै मुलुकमा आफ्नो देश प्रति अटुट प्रेम हुदाँहुदै पनि बाध्य भएर पुगेका नेपालीहरुको आत्माले पोखेको बेदना पनि यहाँ प्रस्तुत छ । आदरणीय प्रचण्ड ज्यु, तपाइले देशमा खेलेका सकारात्मक भूमिका प्रति म अत्यन्तै नम्रताका साथ् धन्यबाद दिन चाहन्छु । जो कुराले नेपाली राजनैतिकमा तपाइको साख पनि बनेको थियो । त्यसमा संबिधान घोषणा लगायतका कार्यहरु पर्दछन तर तपाईहरु आकाशमा उड्ने गिद्ध र जंगलको ब्वाशा भन्ने जनावर भन्दा पनि स्वार्थी हुनुहुदो रहेछ । जसमा तपाईका सहयात्री डा. बाबुराम भट्टराई पनि पर्नु हुन्छ किन कि जब देशमा संबिधान जारि भयो । नेपाली जनताका अधिकारहरुलाई जनताको माझ लैजाने जिम्मेवारीले बोझिलो हुदै मुसा हुल्ने जालीबाट मुसा उम्के झैँ फ्वात्त बाहिरिएर कठिन समस्यासंग जुझिरहेको मधेश क्षेत्रमा गइ झनै बलेको आगोमा घ्यु थप्ने काम गर्नुभयो । तपाई (प्रचण्ड) को भने सम्पूर्ण नेपाली जनताले वा–वा गरेकै थिए तर हृदयमा कपट र चरित्रमा भ्रस्ट भएको एक महान ब्यक्ति तपाई पनि हुनुहुदो रहेछ । जब सरकारले देशमा जनमुखी बजेट पेश गर्यो । तबदेखि तपाईलाई पनि बिमारीले छोइसकेको रहेछ किन कि एमाले नेतृत्वको सरकारले जनमुखी प्रभावकारी काम गर्यो भने तपाईहरुको अस्तित्व पतन निश्चित छ भन्ने छोटो बुझाइको ठुलो असर हुदै गयो तर तपाईहरु यो कुरा बिर्सनु भयो कि बर्तमान सरकार मात्र एमालेको न भइ देशमा प्रगति, उन्नति, शान्ति संबिधान चाहनेहरु सबैको सरकार हो । तपाई प्रचण्ड मात्रै प्रधानमन्त्री भएमा राष्ट्रिय सहमतिको सरकार हुन्छ भन्ने कस्तो अहंकारी एकात्मक निरकुंश सोच हो ? किन बर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको सरकारमा परिणत गर्न पहल गर्नु भएन ? तपाईको सकात्मक कार्यको मुल्यांकन गर्ने नेपाली जनता छंदै थियो तर कपटी र भ्रस्ट नियत भएकाहरुलाई धेरै सकारात्मक कार्यको बधाई पच्दैन रहेछ । आज सिंगो देशको राष्ट्रियता नै खाल्डोमा पर्ने गरि जुन सरकारबाट समर्थन फिर्ता गर्ने निर्णयमा पुग्नु भयो । यो निर्णयले तपाइँले बिगतमा गरेका सम्पूर्ण उपलब्धि र जनभावनाहरु माटोमा मिस्याउनु भएको छ ।
मेरो ब्यक्ति गत किसिमले आजको परिस्थितिमा पनि इमान्दार हुदै राष्ट्र र जनताका निम्ति सरकारलाइ समर्थन गरिराख्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका अधक्ष्य तथा उपप्रधानमन्त्री कमल थापा ज्यु, जनमोर्चाका अधक्ष्य उपप्रधान मन्त्रि तथा गरिबिनिवारण मन्त्रि चित्र बहादुर केसि ज्यु, नेपाल मजदुर किसान पार्टी अध्यक्ष नारायणमान बिजुक्छे ज्यु, नेपाली कांग्रेश नेतृ दिदि सुजाता कोइराला ज्यु, लगायत राष्ट्रभक्ति भावना र जनताको चाहनालाई कदर गर्दै वर्तमान सरकारलाइ अन्तिम समयसम्म समर्थन गर्नुहुने सम्पूर्ण मा उच्च सम्मान प्रकट गर्दै राष्ट्र भक्ति सलाम भन्न चाहन्छु । सरकारमा रहेको पार्टीकाव्यक्तिहरुबाट पनि सरकार कमजोर पार्ने रणनीतिमा सक्रिय यदि जो कोहि पनि हुनुहुन्छ भने गद्धार स्वार्थीको मेरो व्यक्तिगत उपहार प्रदान गर्दछु । ब्यक्तिगत लालचमा बिरहरुको रगतले आर्जित स्वतन्त्र स्वाभिमानी सार्बभौम नेपाल र राष्ट्र भक्ति भावनाबाट उतप्रेरित हरेक नेपालीले तपाईहरुलाई त्यसै छोड्ने छैनन् । पक्कै एक दिन आउने छ त्यो दिन तपाइहरुलाइ पछुतो गर्ने समय पनि नेपाली जनताले दिने छैनन् ।
अन्तिममा ओली सरकार जिन्दाबाद भन्न चाहन्छु ।
प्रेमप्रसाद भट्टराई
मुम्बई, भारत ।
dainiknepal

0 comments
प्रतिक्रिया दिनुहोस्...