-->
घर घरमा तुलसीको बिरुवा रोपी आज हरिशयनी एकादशी मनाइदै
Advertisement

“हरिशयनी एकादशीका दिन तुलसीको बिरुवा रोपेपछि सात्विक आहार ग्रहण गरेर चतुर्मास व्रत बस्नुपर्ने शास्त्रीय मान्यता छ, कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरेपछि चतुर्मास सम्पन्न हुन्छ”– उहाँले भन्नुभयो ।
चतुर्मास व्रत गर्नेले मुला, भन्टा, मुसुरो, गहत, कुभिन्डो, ज्यामिर र भटमास खानु हुँदैन । त्यसैगरी साउनमा साग, भदौमा दही, असोजमा दूध र कात्तिकमा दुई दल भएका अन्न खान नहुने शास्त्रीय मान्यता छ । हरिशयनी एकादशीका दिन तुलसी रोप्न पशुपति क्षेत्र विकास कोषले तुलसीको बिरुवा निःशुल्क उपलब्ध गराउने भएको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.