-->
वैदेशिक रोजगार विभागका कर्मचारी मालामाल, सबैका अगाडि घुस खाँदै
Advertisement

काठमाडौं, ३१ असार । वैदेशिक रोजगार विभागमा म्यानपावर कम्पनीहरू नवीकरणलाई लिएर कर्मचारीहरूले प्रत्येक फाइलबाट २० हजारसम्म घुस खाएको आरोप लागेको छ ।
आर्थिक वर्ष सकिनै लाग्दा विभागमा म्यानपावर कम्पनी नवीकरण गर्न पुगेकाहरूसँग नवीकरण शाखाका रमेश कोइराला, पेशल नेपाल र कम्युटर अपरेटर मिलेर दुई सयदेखि २० हजारसम्म लिने गरेका छन् । उनीहरूले आफू बसेको कुर्सीमा घुसको पैसा लिँदैनन् । घुसको कुरा मिलेपछि अर्को कोठामा गएर रकम बुझ्ने गरेको एक जना सेवाग्राहीले बताए ।
‘म्यानपावर कम्पनीहरू नवीकरण गर्नुपर्ने बेलामा विभागका कर्मचारीले पैसा घुस मागेर फाइल रोकिदिन्छन्’, ती पीडित व्यवसायीले भने, ‘मेरो सबै कागजात मिलेको थियो । तर कामै गरिदिएन । पाँच हजार माग्यो । मैले बाध्य भएर पाँच सय दिन पु¥यो । पैसा नदिँदासम्म हस्ताक्षर नै गर्न मानेन ।’
आर्थिक वर्ष सकिनै लाग्दा वैदेशिक रोजगार विभाग बुद्धनगरको नवीकरण शाखामा अहिले भिडभाड र चहलपहल बढेको छ । कर्मचारीले यही बेला हो कमाउने भन्दै व्यवसायीहरूसँग धमाधम पैसा असुल गरिरहेका छन् । ‘जति असुल्न सकिन्छ कर्मचारीहरूले असुलिरहेका छन्’, पीडित सेवाग्राहीहरूले भने, ‘घुसमा पनि बार्गेनिङ चल्छ ।’
विभागमा दर्ता भएका ७ सय ५४ म्यानपावर कम्पनीहरू छन् । यी सबै कम्पनीहरू असार मसान्तभित्र नवीकरण भइसक्नु पर्छ । नवीकरण भएनन् भने कामै गर्न पाउँदैनन् । व्यवसायीहरूको बाध्यता बुझेर विभागको नवीकरण शाखाका कर्मचारीहरू अहिले ‘मोटाए’को आरोप छ ।
dainiknepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.