-->
चर्चित गायिका मुना थापा मगरका तपाइले थाहा नपाएका केही रहस्यहरु
Advertisement

काठमाडाैं, साउन १७- म घरमा बस्दा खासै मेकअप गर्दिनँ । अरू वेला पनि मेरो मेकअपमा खासै रुचि छैन । तर, स्टेज कार्यक्रममा भने मेकअप गरेरै जान्छु, त्यो पनि अत्यन्त सामान्य मेकअप ।
त्यस्ता कार्यक्रममा जान लिपस्टिक, क्रिम–पाउडर, गाजल मात्रै लगाउँछु । तर, म सधैँ ब्रान्डेड सामान मात्र प्रयोग गर्छु । मेकअपले छालामा असर गर्ला कि भनेर ब्रान्डेड सामान प्रयोग गर्ने गरेकी हुँ । त्यसैले पनि मेरो मेकअपमा भन्दा कपडाको सपिङमा धेरै खर्च हुन्छ ।
मन परेका लुगा किनिहाल्ने मेरो बानी छ । तर, योजना नै बनाएर म कपडा किन्दिनँ । फिट हुने लुगाचाहिँ किनिहाल्छु । तर, लुगामा मेरो कुनै ब्रान्ड छैन । मासिक रूपमा कपडामा यति नै खर्च गर्छु भन्ने त छैन, तर म मन परेको कपडाचाहिँ जतिसुकै मूल्यको हुँदा पनि किन्छु ।नयाँ पत्रिकामा खबर छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.