-->
राजधानीमा यसरी सुरू भएको थियो ‘डन’हरूको आतंक
Advertisement

काठमाडौं, १७ साउन । नेता, कालो कारोबारी र ठेकदारले आफू अनुकुल प्रयोग गर्ने अपराधिक समूहका नाईके तिनै नेता र ठेकदारलाई प्रयोग गरी अपराधको सिंडी चढ्दै देश चलाउने हैसियत बनाउने तरखर गर्दै छन् ।
गुण्डागर्दीबाट कमाउने कालोधन र राजनीतिक दलका प्रभावशाली नेताको आडभरोसा र संरक्षणले अलकापुरी नगरी काठमाडौं ‘डनमाण्डू’मा परिणत हुने खतरा बढेको छ ।
देशमा चलेको ३७ वर्षलामो पञ्चायती ब्यवस्था नै गुण्डागर्दीको उदगम भएको जानकारहरु बताउँछन् । पंचायतीकालबाट शुरु भएको गुण्डागर्दीको लहरो लोकतत्रसम्म आइपुग्दा फाँड्न नसकिने गरी झाँगिएको छ । पञ्चायतकालमा नेताहरुले चुनाव जित्नको लागि प्रयोग गरेका युवाहरु लोकतत्रसम्म आईपुग्दा कोही नेता बन्न पुगे भने कोही गुन्डाका नाईके ।
गुण्डागर्दीको बाटो हुँदै राप्रपाका जगत गौचन नेता हुँदै सहायक मन्त्री समेत बने । पञ्चायतकालमा चुनाव जिताउन प्रयोग भएका दिवाकर घले, लालकाजी लामा, दीपक मनाङे भनिने राजिब गुरुङ र मिलन चक्रे भनिने मिलन गुरुङ मध्य मनाङे र चक्रे राजधानीका आपराधिक समूहका ठूला नाईके नै बन्न पुगे । घलेले आफ्नो प्रभाव खासै जमाउन सकेनन् ।
लामा अहिले पनि पशुपति शम्शेर राणाले नेतृव्य गरेको राप्रपामा राजनीति गदै छन् । चक्रे र मनाङगे अपराधिक क्रियाकलापमा बढी नै सक्रिय बन्न थाले । राजनीतिक नेताले चुनावमा र निमार्ण जगतले ठेकेदारको टेण्डर कव्जा गर्न चक्रे र मनाङगेको प्रयोग गर्न थाले ।
टेण्डरबाट आर्थिकसमेत हातलाग्न थालेपछि टेण्डर कव्जाको विषयलाई लिएर ग्याङवाार शुरु हुन थाल्यो । एउटा ग्याङ चक्रे र अर्को दीपक मनाङगे । कसले गाडी चड्ने, रामो लगाउने जस्ता देखासिकीले ईच्छा पूरा गर्न व्यापारीसंग हप्तावारी लिन सुरु भयो । बेरोजगारका कारण ग्याङमा सामेल हुने युवा पनि बाँडिन थाले । जोशजाँगर भएका युवा ग्याङवारमा जसले राम्रोसंग लडाइँ लड्न सक्थ्यो उसले भागबन्डामा हिसाब किताबपनि राम्रै पाउने गर्थे । मनाङगे र चक्रेमा चक्रे बढी नै शक्तिशाली बन्दै गए ।
ग्याङवारमा चक्रे आफै मैदानमा उत्रिन्थे भने मनाङगे सहयोगीको भरमा लडेन थाले ।
यो बेलासम्म राजधानीमा अन्य केही टोले डनको पनि आगमन हुन थालीसकेको थियो । चाबहिलका राजु गोर्खाली तेस्रो डनको रुपमा राजधानीमा स्थापति बन्न खोजे ।
नयाँबानेश्वमा सेक्सी उर्फ मिलन श्रेष्ठपनि आफ्नो क्षेत्रमा बर्चश्व कायम गर्न थाले । उनीहरूवीच क्षेत्रका कुरालाई लिएर मनमुटाब सुरु हुनथाल्यो । अन्य टोलका आपराधिक समूहका नाईकेलाई यी चारले प्रभावमा पारेर आफ्नो हैकम कायम गर्न थाले । मैतीदेबीका रेशम लामा (राप्रपा नेपालबाट अहिले कामचलाउ सरकारमा स्थानीय विकास मन्त्रालयका सहायक मन्त्री हुन्), कालोपुलका बद्री गुरुङ, बिशाल नगरका नबिन श्रेष्ठ, सुन्धारका पूर्ण श्रेष्ठ, बालुवाटारका दिनेश चक्रेसंग आबद्ध हुन पुगे । मैतीदेबीका अर्का डन अमित लामा, मनाङगेसंग आबद्ध भए ।
बानेश्वरका सेक्सी मिलन भित्रभित्रै मनाङगेलाई मौन समर्थन गर्न थाले । दरबारमार्ग, ठमेल, नयाँबानेश्वर, बसपार्क बालाजु लाजिम्पाट क्षेत्रका ‘राजा’ मनाङगे बन्न पुगे ।
चक्रेले माहाराजगंज, चाबहिल, सुन्धारा, नारायणथान, मुलपानीमा आफ्नो कब्जामा राख्न सफल भए । मनाङेको ग्याङ बढी रात्रिकालीन व्याबसायमा आबद्ध हुन थाल्यो । चक्रे भने बालुवाखानीका मालिक बन्न पगे ।
क्षेत्रका विषयलाई लिएर चक्रे र मनाङगेको झगडा सुरु हुन थाल्यो । मनाङगेले आफ्नो घर नजिकको बसपार्कमा हैकम जमाउँदा चक्रेलाई असैह्य बन्न पुग्यो अनि सुरु भयो ग्याङवार । बसपार्कबाट मनाङगेलाई लखेटेर चक्रेले क्षेत्र बढाउन सफल भए ।
बसपार्क चक्रेको कव्जापछि सुरु भएको वार चक्रेमिलन कारागार चलान भएपछि मात्र रोकिएको थियो । अटेरी स्वभावका चक्रे र चतुर मनाङगे एक अर्कालाई सिध्याएर काठमाडौंमा एकक्षत्र राजगर्न चाहेन्थे ।
मनाङगे चतुर भएपनि सहयोगीका अभाबका कारण कमजोर बन्दै गएका थिए ।
चक्रेको समूहमा साजन महर्जन, कुमार श्रेष्ठ उर्फ घैंटे (प्रहरी इन्काउन्टरमा मारिएका), र चक्रेका आफ्नै भाई तेजेन्द्र गुरुङ, मनराज गुरुङ, भीम गुरुङ, भुबन गुरुङले काठमाडौमा तहल्का मञ्चाउन थालीसकेका थिए । म्यानपावर, हाउजिङ, ठेक्कापटमा चक्रे समूहको आतंक हुन थाल्यो । सुन्धारा, बागबजार क्षेत्रमा रात्रिकालीन ब्यावसाय पनि चक्रेका भाईहरुले सुरु गर्न थाले ।
मनाङगेसगं भएका केही सहयोगी बुढा भए, केही बिदेश पलाएन, मनाङगेलाई ठमेल जोगाउन पनि समस्या हुन थाल्यो । कालीमाटीस्थित सोल्टी होटलमा कामगर्दा स्थानीयसंग झगडा परेपछि अन्य क्यासिनोमा जागिरमा लागेका काभ्रेका गणेश लामाको पाखुरामा आंखा पुग्यो मनाङगेको । चक्रे मिलनको दस्तालाई तह लगाउन सक्ने समूहको खोजिमा मनाङगे थिए ।
त्यसताका त्रिचन्द्र क्याम्पसमा भएको खुकुरी काण्डमा गणेश लामाको नाम मनाङगेले सुनेका थिए ।
all-donकाजी शेर्पा आबद्ध भीम, भुबनले त्रिचन्द्रमा खुकुरी काण्ड मञ्चाउँदा लामा घाइते भएपनि एक्लैले चक्रे समूहलाई धपाउन सफल भएका थिए । लामा संरक्षणको खोजीमा थिए, मनाङगे सहयोगीको । लामाको समूह मनाङगेको समूहमा आवद्ध भएपछि राजधानीमा ग्यांङगवारले उग्र रुप लियो ।
मनाङगेको गफ र काभ्रेका लामाको सिरुपाते खुकुरीले अंततः चक्रेको हात नै छिनियो । चक्रेको हात छिनिएपछि चक्रपथको दुश्मनको रुपमा मनाङगे नभई गणेश लामा हुन पुगे ।
चक्रेको हात काटेको अभियोगमा मनाङगे कारागार चलान भए । ठमेलमा काभ्रेलीको एकक्षत्र आतंक हुन थाल्यो । काभ्रेली समूहमा एकसे एक बेरोजगार युवाको आगमन हुन थाल्यो ।
बिष्णु लामा, उमेश लामा, रमेश सुनुवार, चन्द्र लामाले गणेश लामाको नेतृव्यमा काभ्रेली समूह राजधानीको छुट्टै अस्तित्व बोकेको समूहका रुपमा खडा भयो । जसको कन्ट्रोलर थिए, दीपक मनाङगे । चक्रे मिलनको हात काटिएको काण्डमा मनाङगे मुछिएपछि उनी जेल चलान समेत भए ।
चक्रेको पनि बालुवा खानीको हिसाब किताब नमिल्दा आफ्नै सहयोगी यादब ढंगोेलको हत्या गरेको अभियोगमा कारागार पुगे । राजधानीको दुई डन मनाङगे सदर खोर डिल्लीबजार र चक्रे केन्द्रीय कारागार सुन्धारामा जेल जीवन बिताउन थाले ।
त्यति बेलासम्म राजधानीमा तेस्रा डनका रुपमा रहेक राजु गार्खाली पनि युबतीको लागि आफैले संञ्चालन गरेको दरबारमार्गस्थित डिस्को रोयलमा सुन्धारास्थित बेबिलोन डिस्कोका मालिक राकेश लिम्बुलाई तरबार प्रहार गरी हत्या गरेको अभियागमा कारागार पुगीसगेका थिए ।
पछिल्लो समय प्रहरी गुण्डागर्दी नियन्त्रमा आक्रमक रुपमा प्रस्तुत भएपछि गुण्डाहरु राजनीतिमा ओत लाग्न थालेका थिए । र छन् पनि ।
दीपक मनाङे संघीय लोकतान्त्रिक पार्टीका उपाध्यक्ष समेत बन्न भ्याए । यो पार्टीले अहिले अर्कै नामबाट राजनीति गर्दैछ आएको छ । मिलन चक्रे भने पहिलेदेखि नै एमालेमा आबद्ध छन् ।
गणेश लामा विजयकुमार गच्छदारको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको केन्द्रीय सदस्य छन् । राजु गोर्खाली कांग्रेसमा आबद्ध छन् ।
कुमार घैंटेपनि कांग्रेसका नेताहरुकै छत्रछायांमा आपराधिक संञ्जाल फैलाउदै आएका थिए ।
अवैध गतिविधिविरुद्ध प्रशासन आक्रामक भएपछि डनहरु राजनीतिक संरक्षणँमा लागेको बताताइन्छ ।
गुण्डागर्दी अहिले पनि राजधानीमा ब्यापक रुपमा मैलाएको छ । गुण्डागर्दीको चपटेमा प्रायः जिल्लाका सदरमुकाम पनि अछुतो छैनन् । राजधानीसंग जोडिएका भक्तपुर, ललितपुर, काभ्रे, धादिङ, मकवानपुर, नुवाकोट लगायतका जिल्लामा पनि राजधानीकै डनका आसेपासेले जरो गाडेका छन् ।
राजधानी लगायतका जिल्लाहरुमा हुने ठेक्कापट्टाको कमिशन नै डन र आसेपासेका मुख्य आयस्रोत बन्न पुगेको छ ।
यसको अलवा अबैध रुपले संञ्चालान भएका बालुवा खानी, क्रसर उद्योग, ढुगां खानी, निर्माणधीन हाईड्रो लगायतमा सुरक्षाका नाममा डनहरुले हप्ता असुली गरी जीवनलाई बिलासिताका साधानबाट समाजमा विशिष्ट व्यक्तिका रुपमा परिचित गराउन थालेका छन् ।
अधिकांस डनहरु रक्तचन्दन तस्करीका कारण रातारात करोडपति बन्न पुगेका हुन् । अहिले पनि केही अपराधिक संगठनका नाईके चन्दन तस्करीसंग साझेदारी रुपमा यो अबैध धन्दालाई निरन्तरता दिँदै आएका छन् ।
भूमिगत रुपमा अपराधिक क्रियाकलाप संञ्चालन गर्दै आएका रमेश बाहुन उफ सुजन पौंडेलले ठेक्काको कमिसन नपाउँदा भाडामा सुटरको प्रयोग गरी ललितपुरका अर्का चल्तीका डन मीनकुष्ण महर्जनमाथि गोली प्रहार गर्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । महर्जन कांग्रेसका नेता हुन् ।
महर्जनलाई गोली प्रहार गर्ने सुटर दुर्गा राई अर्का अपराधिक समूहका नाईके चरीको दाहिने हात मानिन्थे । राई भक्तपुरका अनिल हेक्का, दीपक थापाले भाडामा प्रयोग गर्दै आएका गुण्डा हुन् ।
ठमेलमा ठमेल किचेन रेष्टुरेन्टका मालिक बन्दा मनाङेको सुराकी गरी चक्रेलाई सूचना दिएको आरोप लागेपछि काजी शेर्पाले ठमेल छाडेका थिए । चक्रे जेल परेको फाईदा उठाउदै कुमार घैंटे, समिर बस्नेत, मनराज गुरुङलाई साथ लिई अबैध बालुवा खानी संञ्चालन, रक्तचन्दन तस्करीबाट करौडौ असुलेका शेर्पा अहिले सुरक्षा निकायका राशनदेखि हातहतियारका ठेकेदार बनीसकेका छन् । (अपराध खबरको सहयोगमा)
dainiknepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.