आजको सुनचाँदीको मूल्यबारे आयो यस्तो खबर
Advertisement
|
न तोलामा तीन सय रुपैयाँले महंगीयो, ५८ हजार आठ सयमा कारोबार, चाँदीमा २० रुपैयाँ बढ्यो
काठमाडौं ।
साताको पहिलो दिन सुनको भाउ उकालो लागेको छ। गत साताको अन्तिम दिन शुक्रबार स्थिर रहेको सुनको भाउ आइतबार भने तोलामा तीन सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ५८ हजार आठ सय रुपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार सुनको भाउ तोलाको ५८ हजार पाँच सय रुपैयाँ कायम भएको थियो।
सुनको भाउ सँगै चाँदी पनि २० रुपैयाँ महंगो भएको छ। महासंघका अनुसार आइतबार चाँदी तोलामा आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी तोलाको आठ सय ७० रुपैयाँ पुगेको थियो।

0 comments
प्रतिक्रिया दिनुहोस्...