Advertisement
|
बाजुरा, १९ असार । छोराको हातबाट मात्र आमा बुबाको दाहसंस्कार गर्ने संस्कारलाई बाजुरा जिल्लाको जगन्नाथकी सेतु विष्टले चुनौति दिएकी छन् ।
बुबा रुपनाथ विष्टलाई मसान घाटमै गएर उनले दागबत्ती सहित दाहसंस्कार गरेकी हुन् । जुन कार्यलाई बाजुरेली समाजले धर्म विरोधी ठानिरहेको थियो ।
विष्टका तीन छोरा भएपनि छोरीले पनि दिनु दाहसंस्कार गर्न पाउनु पर्ने भन्दै आफै मसानघाट पुगेर अन्तिम संस्कारमा भाग लिएकी हुन् । ब्राम्हण र छिमेकीले संस्कार विरुद्ध काम नगर्न आग्रह गर्दा पनि मानिनन् । झन उल्टै छोराले गर्दा हुने छोरीले किन ? प्रश्न गरिन् ।
उनका बुबाका ७९ वर्षको उमेरमा निधन भएको हो । मृगौला रोगबाट पीडित विष्टको उपचारका लागि काठमाडौं लैजाने तयारी गर्दै गर्दा घरमै निधन भएको माहिला छोरा जनक विष्टले बताए । उनका तीन छोरा र एक छोरी छन् । चारै सन्तानले एकसाथ मसानघाट पुगेर दागबत्ती दिएका हुन् ।
छोरी चेलीले मसान घाट समेत जानु हुन्न, दागबत्ती दिनु धर्म विरोधी कार्य हो, भन्ने मान्यतालाई तोड्ने विष्ट परिवारले उक्त साहसिक कामको थालनी गरेका हुन् ।
पछि परिवारका अनिष्ट हुने, पीतृहरुले सराप्ने, नगरेको काम नगर ब्राम्हणले भनेपनि कसैको सुझाव मानिनन् । उल्टै सेतो कपडामा अफै पीलुचौर पुगेर दाहसंस्कार गरिन् ।
सेतु विष्टले गरेको कार्य जिल्लामै पहिलो हो । यसअघि छोरी मान्छेले मसानघाटमै गएर दाहसंस्कार गरेको सुन्नमा आएको छैन् । झन उल्टै मृतकको नजिक जानु हुँदैन भन्ने मान्यता हाबी छ ।
असार १७ गते मृत्यु भएका विष्टको हिन्दु संस्कारलाई अनुसार नै अन्त्यष्टी गरिएको हो । परम्परा तोड्न सजिलो थिएन्, मसान घाटमै पुगेका बुढापाकाहरु जिब्रो टोक्दै थिए, तर मैले, त्यसको वास्ता गरिन्, उनले फोनमा भनिन् ।
मृतक रुपनाथ विष्टका विष्णु बहादुर विष्ट, जनक बहादुर विष्ट, नरबहादुर विष्ट र सुते विष्ट गरी चार सन्तान हुन् ।
तीमध्ये माहिला छोरा जनक विष्ट नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा जिल्ला अस्पताल विकास समिति अध्यक्षको जिम्मेवारीमा पनि छन् ।
विष्ट परिवारले १३ दिनसम्म घरबाहिर राख्ने संस्कारलाई पनि अन्त्य गरेका छन् । १३ दिनसम्मको संस्कार मानेपनि घरमै बस्ने गरेका छन् ।
संस्कारको नाममा मानव स्वास्थ्यलाई असर गर्ने गरी बार्नेकाम राम्रो हुदैन्, त्यसलाई केही परिमार्जन गर्न खोजिएको छोरा जनक विष्टले बताए ।
dainiknepal

0 comments
प्रतिक्रिया दिनुहोस्...