प्रसिद्ध सिद्धेश्वर शिवालयमा साउने मेला सुरु
Advertisement
|
अर्घाखाँची, साउन ३ – अर्घाखाँचीको धार्मिक तथा पर्यटकिय स्थल सिद्धेश्वर शिवालय मन्दिर भक्तिटोला चुत्राबेसीमा सोमबारदेखि एक महिना मेला सुरु भएको छ ।
साउने मेलाको सुरुको दिन सोमबार बिहान चुत्राबेसीको भक्तिटोलामा रहेको सिद्धेश्वर सिबालय मन्दिरबाट सुरु भएको कलश यात्रा चुत्राबेसी र सन्धिखर्क बजारका विभिन्न भाग परिक्रमा गर्दै सन्धिखर्कमा रहेको शिवालय मन्दिरमा पुगेको थियो । कलश यात्रासहित भजन तथा नाचगान समेत गरिएको थियो । ऐतिहासिक , धार्मिक तथा पर्यटकीय महत्व बोकेको सुन्दर प्राकृतिक मनोरम स्थल सिद्धेश्वर शिवालय मन्दिरमा स्फटिकको शिवलिंग राखि दैनिक वैदिक विधि पूर्वक पूजाआजा गरिँदै आएको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...