-->
घर भित्रै मूल फुटेपछि गुल्मीबासीहरु तनावमा
Advertisement

गुल्मी, १६ साउन । गुल्मीका कतिपय स्थानमा घर भित्र मुल फुटेपछि करिब ५० घर परिवार विस्थापित बन्न पुगेका छन् । गुल्मीको दर्लिङ गाविसका गाविस सचिव गोपालबहादुर सेन ओलीका अनुसार मुल फुटेका घरका सबै परिवार विस्थापित भएर छिमेकीको शरणमा पुगको छन् ।
सचिव ओलीका अनुसार उक्त गाविसका वडा नम्वर ८, ९, २ र ३ का गाउँहरु बढी प्रभावित भएका छन् । उनीहरूले घरभित्र बस्न र अरु काम गर्न त के खाना पकाउन पनि नपाएपछि तनावमा छन् ।
यो समस्याको विषयमा प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरलाई प्रहरीले जानकारी गराइसकेको भएपनि अहिले सम्म उनीहरुको समस्याको सुनुवाई हुन नसकेको स्थानीयहरुको गुनासो छ । स्रोतका अनुसार उक्त स्थानमा औषधी तथा राहात पठाउने काम सुरु भएको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.