-->
केकीले पूरा गरिन् एमबिए, उपराष्ट्रपतिले दिए दिक्षान्तको प्रमाणपत्र
Advertisement

नेपाली नायिकाहरू पढेलेखेका हुँदैनन् भने धारणामा पछिल्लो समय परिवर्तन हुन थालेको छ। आज एक नेपाली नायिकाले एमबिए ग्रयाजुयसनबाट दिक्षित भएकी छन्। अभिनेत्री केकी अधिकारीले आफ्नो ग्रयाजुयसन पूरा गरेकी हुन्।
शनिबार आयोजित एक कार्यक्रममा नेपालका उपराष्ट्रपति नन्द बहादुर पुनले दिक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए। उनले अमेरिकन युनिभर्सिटीबाट सम्बन्धन प्रापत पेशिडेन्टियल बिजनेस स्कूलबाट आफ्नो एमबिए पूरा गरेकी हुन्।
केकीले ४ जिपिएमा ३.६९ प्राप्त गरेकी छन्। एमबिए ड्ग्रीबाट दिक्षित भएपछि केकीले फेसबुकमा एक स्टाटस पोस्ट गर्दै आफ्नो स्नातकोत्तरको प्रमाणपत्रले आफ्नो भविष्यलाई परिवर्तन गर्छ गर्दैन थाहा नभएको तर आफूले पाएको सो डिग्रीबाट आपूले गौरव महशुस गरेको लेखेकी छन्।
उनले पोस्टमा सुटिङ् सेड्यूलका बिच अतरिक्त समय खर्चेर गरेको पढाइ, रातभर रातभर नसुति मैले छोडेका कोर्सहरू पूरा गरेको र घरको विषम परिस्थितिका बिच अन्तिम परिक्षामा बसेका कुराहरूका बाबजुद मैले सारा वाधा अडचनलाई पन्छाउँदै यसलाई पूरा गरें। यो मेरा लागि मात्रै हो भनेर उल्लेख गरेकी छन्।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.