Advertisement
|
मुगु, १५ साउन – मुगु सदरमुकाम गमगढीमा सुत्केरी व्यथाले च्यापेको ३ दिनपछि एक महिलाको हेलिकप्टरबाट उद्धार गरेर अस्पताल पुर्याइएको छ।
मुगुकी बिजय लक्ष्मी शाहीको यो पहिलो गर्भ भएकोले २ दिन सम्म जिल्ला अस्पतालमा राखीएपनि शाहीको पाठेघरको मुख नखुल्दा ज्यान जोखीमा परेको थियो। ज्यान जोखिममा परेपछि जिल्ला अस्पतालको पहलमा हेलिकप्टरबाट उद्धार गरेर बिरामिलाई नेपालगंज लगिएको जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारी पशुपति शाहीले बताएका छन।
शाहीलाई आजही उपचारको लागी नेपालगंज भेरी अस्पतालमा लगीएको जिल्ला स्वास्थ्य कार्यालयका डा सरोज अधिकारीले बताएका छन । लामो समय सम्म लगातर बर्षात हुदा सडक मार्ग र हवाई मार्ग बन्दा हुदा सुत्केरी बेथा लागेकी शाहीको ज्यान जोगाउनको लागी हेलिकप्टर बाट उद्धार गरीएको हो।
लामो समय सम्मको बर्षातको कारण एस एल सी पूरक परिक्षा दिन मुगु आउने एक दर्जन बिद्यार्थिहरु नेपालगंज राझायएरपोटमा अलपत्र परेको सोनाम लामाले बताएका छन ।

0 comments
प्रतिक्रिया दिनुहोस्...