-->
दशगजामा भारतीयसँग लडेर घाइते भएकालाई भेट्न केपी ओली अस्पताल जाँदै
Advertisement

काठमाण्डु, १५ साउन– राष्ट्रिय स्वाधिनताका लागि युवा अभियानले सप्तरीको तिलाठीस्थित दशगजा क्षेत्रमा भारतीय पक्षसँग भएको झडपमा घाइते देबनारायण यादव, दुर्गानन्द झा लगायतलाई उपचारका लागि काठमाण्डु ल्याएको छ ।
शनिबार विमानमार्फत उनीहरुलाई काठमाण्डु ल्याइएको स्वाधिनताका लागि राष्ट्रिय लडाइ अभियानका राजेश राईले काठमाण्डु टुडेलाई जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली स्वयंम्भूस्थित मनमोहन अस्पतालमा उपचाररत घाइतेलाई भेट्न जाने कार्यक्रम रहेको छ । ओली साझ ५ः३० बजे अस्पताल आइपुग्ने उनले जानकारी दिए ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.