-->
१५ छक्का, २६ चौका, २३४ रन र कीर्तिमान
Advertisement

साउन ३ – बेलायतका १९ वर्षका क्रिकेटर एनाइरन डोनाल्डो सबैभन्दा छिटो दोहोरो शतक बनाउने कीर्तिमान बनाएका छन् । डोनाल्डले एक सय २३ बलमा दुई सय रन बनाएर भारतका रवी शास्त्रीको कीर्तिमानसँग बराबरी गरेका हुन् । बेलायतको पहिलो श्रेणीको क्रिकेट प्रतियोगिता अन्तर्गत ग्लेमोर्गका डोनाल्डले डर्बिशायरसँगको खेलमा एक सय ३६ बलमा १५ छक्का र २६ चौकाको मद्दतमा दुई सय ३४ रन बनाए । यसअघि शतक बनाउन नसकेका डोनाल्डले दोहोरो शतक त्यो पनि सबै भन्दा छिटो बनाएर कीर्तिमान कायम गरेका हुन् । उनले सन् १९८५ मा भारतका रवी शास्त्रीले कीर्तिमान बनाएका थिए । डोनाल्डले काउन्टी च्याम्पियनसिपको डिजिन टुको खेलमा कीर्तिमान बनाएका हुन् ।
– एजेन्सीको सहयोगमा


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.