-->
गुगलले मोदीलाई विश्वका टप टेन अपराधीको सूचीमा
Advertisement

गुगलले मोदीलाई विश्वका टप टेन अपराधीको सूचीमा समावेश गरेपछि भारतमा खैलाबैला मच्चिएको छ । इन्टरनेट सर्च इन्जिन गुगलले मोदीलाई विश्वका टप टेन अपराधीको सूचीमा समावेश गरेपछि यस्तो अवस्था आएको हो ।
यसअघि पनि मोदीको तस्विर अपराधीको सूचीमा परेपछि विवाद आएकोमा अहिले पनी उनी विश्वको नजरमा अपराधी नै ठहरिएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार मोदीलाई अपराधीको रुपमा चित्रित गरिएकोप्रति आपत्ति जनाउँदै भारतस्थित इलाहाबादको जिल्ला अदालतले गुगललाई लिगल नोटिस पठाएको छ । यो मुद्धाको सुनुवाइ आगामी ३१ अगष्टमा हुने छ । भारतीय जनता पार्टीका नेता तथा अधिवक्ता सुशील मिश्रले मोदीको बदनाम गरिएको भन्दै अदालतमा मुद्धा हालेका हुन् । मोदीमाथि भारतको गुजरातमा भएको हिंसाको मूख्य योजनाकारको आरोप लाग्दै आएको छ । – एजेन्सी
News24nepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.