-->
‘विदेशी स्वर्ग’ छाडेका इन्द्र भन्छन् , ‘मकैको आँटो र कर्कलाको गाँठो स्वदेशकै मिठो’!!
Advertisement

कुखुरापालन व्यवसायबाट राम्रै आम्दानी भएपछि इन्द्रले कुखुरासँगै तरकारी खेतीलाई पनि अघि बढाउने योजना बनाएँ । र आफ्नो योजना श्रीमती प्रतिमा खड्कालाई सुनाएँ । त्यसपछि, उनीहरूले घर नजिकैको आफ्नो एक रोपनी पाखो जमिन फाँडेर २ वटा गोलभेडा खेतीका लागि ‘टनेल’ निर्माण गरे ।
गोलभेडा पनि राम्रो फल्यो । टनेलमा उत्पादित गोलभेडा बिक्रीबाट पनि उनको हातमा आम्दानी पनि राम्रो भयो । ‘बजारवाट गोलभेडाको माग पनि बढ्न थाल्यो । बजारभाउ पनि राम्रो पाइयो,’ इन्द्रतिर नजर लगाउँदै प्रतिमाले भनिन् ।
बेंसीशहर–२, फलिया, साँघुका इन्द्रबहादुर खड्का २०७० सालमा विदेश भासिए । साउदी अरेबियामा उनले दुई वर्ष जागिरे जीवन बिताए । दुःख गरे अनुसारको राम्रो कमाइ पनि गरे र स्वदेश फर्के । ‘विदेशमा श्रमको मूल्य हुने रहेछ,’ उनको अनुभव छ, ‘जत्ति खट्न सक्यो उत्ति नै आम्दानी । सबैलाई विदेशमा यस्तो नहुन सक्छ । तर मेरो अनुभव त्यस्तो रह्यो ।’
विदेशमा छँदा उनलाई परिवारको साहै्र न्यास्रो लाग्यो । परदेशमा चर्को घाममा खटिनुपर्ने उनलाई गाउँघरको वरपीपलको शीतल छायाँले सतायो । ‘आफ्नो गाउँघर जस्तो स्वर्ग त्यो विदेश कहाँ ?,’ उनी भन्छन्, ‘विदेशमा रहँदा गाउँघरको मायाले निकै सतायो, हेर्नुस् ।’ भावुक बन्दै उनी बोले, ‘कर्कलाको गाँठो, मकैको आँटो भएपनि स्वदेशकै मीठो ।’
विदेशको कमाइ कृषि व्यवसायमा खर्च
परिवार, आफन्त, साथीभाइ र गाउँघरको माया मुटुमा सजाउँदै उनी विदेशलाई सदाका लागि छोड्दै आफ्नै स्वदेश फर्किए । ‘ऋणधन गरी विदेश गइयो । विदेशमा राम्रै आम्दानी पनि भयो,’ उनले भने, ‘त्यसपछि विदेश बस्न मन लागेन ।’
घर फर्किएपछि स्वदेशमै केही व्यावसायिक काम गर्नुपर्छ भन्ने कुराले उनको मनमा डेरा जमायो । ‘विदेशमा औधी दुःख हुने, त्यो दुःख देशकै माटोमा गर्न सके पैसाको दुःख हुँदैन होला भन्ने सोचें र शुरुमा कुुखुरापालन गरें,’ इन्द्रंले भने । उनले विदेशमा कमाएको पैसा खर्चेर कुखुराको आधुनिक खोर निर्माण गरे ।
र परिवारकै सल्लाहमा शुरुमै उनले ४ सय ब्रोइलर कुखुरा पाल्न थाले । कुखुरा बिक्रीबाट मनग्गे आम्दानी गर्न उनी सफल भए ।
पाखोबारी फाँडेर तरकारी खेती
कुखुरापालन व्यवसायबाट राम्रै आम्दानी भएपछि इन्द्रले कुखुरासँगै तरकारी खेतीलाई पनि अघि बढाउने योजना बनाएँ । र आफ्नो योजना श्रीमती प्रतिमा खड्कालाई सुनाएँ । त्यसपछि, उनीहरूले घर नजिकैको आफ्नो एक रोपनी पाखो जमिन फाँडेर २ वटा गोलभेडा खेतीका लागि ‘टनेल’ निर्माण गरे ।
गोलभेडा पनि राम्रो फल्यो । टनेलमा उत्पादित गोलभेडा बिक्रीबाट पनि उनको हातमा आम्दानी पनि राम्रो भयो । ‘बजारवाट गोलभेडाको माग पनि बढ्न थाल्यो । बजारभाउ पनि राम्रो पाइयो,’ इन्द्रतिर नजर लगाउँदै प्रतिमाले भनिन् ।
त्यसपछि, खड्का दम्पतीले टनेल संख्या बढाएर गोलभेडा खेती गर्ने योजना बनाए तर उनीहरूलाई जग्गाको अभाव खड्क्यो । इन्द्रले घर नजिकै रहेको १४ रोपनी पाखोबारी भाडामा लिए वार्षिक ९ हजार भाडा तिर्ने गरी ।
जग्गा भाडामा लिइसकेपछि उनीहरूले सातवटा ‘टनेल’ निर्माण गरे । केही टनेलमा उनीहरूले काउली, बन्दा र साग लगाए र केही टनेलमा गोलभेडा लगाए । दुवै टनेलवाट उत्पादित कृषि उपजको बिक्रीबाट आशातीत आम्दानी गर्न सफल भए खड्का दम्पत्ति ।
अहिले इन्द्रले आफ्नो सातवटै टनेलमध्ये तीनवटामा गोलभेडा लगाएका छन् । बाँकी चारवटामा गोलभेडा लगाउने तयारीमा छन् उनी । उनले दुई रोपनी पाखोबारीमा अदुवा पनि लगाएका छन् ।
मासिक ५० हजारभन्दा बढी आम्दानी
काम गर्न लाज मान्न नहुने बताउने इन्द्रले कुखरा बिक्री र गोलभेडा बिक्रीबाट मासिक ५०÷६० हजार कमाउँछन् । उनको कुखुराफार्ममा हाल ६ सय कुखुरा छन् । तीमध्ये तीन सय कुखुरा बिक्रीका लागि तयार छन् ।
‘कुखुरापालन व्यवसाय र गोलभेडा खेतीबाट छिट्टै र मनग्गे आम्दानी लिन सकिन्छ,’ उनले भने, ‘कुखुरा र गोलभेडा बेचेर खर्च कटाएर महिनाको पचास हजार बच्छ ।’
इन्द्रले कृषि अनुदानमा पावर ट्रेलर पनि किनेका छन् । पावर ट्रेलरका कारण उनलाई खेतबारी खनजोत गर्न सजिलो भएको छ । उनको कृषि व्यवसायमा १९ वर्षीय कान्छो छोरा राजन खड्का र २१ वर्षीय माइलो छोरा रतेश खड्काले पनि सघाउँछन् । २३ वर्षीय जेठो छोरा रविन्द्र खड्का भने अहिले पनि मलेसियामा रोजगारीमा संलग्न छन् । ‘श्रीमतीसँगै छोराहरूको पनि साथ छ मलाई,’ टनेलमा सारिएको गोलभेडाको बोटमा माटो मिलाउँदै कृषक इन्द्रले भने, ‘नत्र मैले मात्रै यो सबै गर्न कहाँ सक्थें र ?
अरूले पनि सिको गर्छन्
‘हामी नेपालीहरू विदेशमा जस्तोसुकै काम गर्न तयार हुन्छांै तर स्वदेशमा काम गर्न हिच्किचाउँछांै,’ इन्द्रले भने । उनका अनुसार आफ्नो कृषिकर्म देखेर गाउँका अरूले पनि कृषि पेशा अँगाल्न थालेका छन् ।
‘कोही दाजुभाइ कृषि–व्यवसाय सञ्चालनका लागि भन्दै सल्लाह लिन आउँछन्,’ उनले मुस्कुराउँदै भने, ‘आफ्नो सिको गरी अरूले पनि कृषिकर्म गरेको देख्दा असाध्यै खुशी लाग्छ । उनीहरूलाई आफूले जानेबुझेको कुरा बताइदिन्छु पनि ।’ गाउँघरकै माटोमा श्रमपसिना बगाउन सके नाना, छाना र खानाका लागि विदेश भौंतारिन नपर्ने उनको कथन छ । उनी भन्छन्, ‘युवाहरूले विदेशी लाखभन्दा स्वदेशी काख प्यारो भन्ने बुझ्नुपर्दछ । र देशकै माटोमा सकेको केही उद्यम गर्नु आवश्यक छ ।’


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.