-->
कारागारभित्र पानी पसेपछि कैदिबन्दीहरूकाे बिजाेक
Advertisement

बर्दिवास । लगातार परिरहेको पानीको निकास नहुँदा महोत्तरी कारागारका कैदी थुनुवाको बेहाल भएको छ । शनिबार रातिदेखि परेको पानी नथामिएसँगै कारागारभित्र पानी भरिएपछि खान, बस्न र सुत्न नपाउँदा कैदी थुनुवाको बेहाल भएको हो । जिल्ला सदरमुकाम जलेश्वर नगरको गहिरो ठाउँमा रहेको कारागारमा परेको पानी र बाहिरबाट बगेर आएको फोहर थुपिँ्रदा परिसरमा हिँड्डुल गर्नसमेत अप्ठ्यारो परेको छ । कैदी थुनुवा कक्षका खाना पकाउने र बस्ने सुत्ने ठाउँमा नगरका ढलबाट बगेर आएका फोहर जम्मा हुँदा आपूmहरुलाई परेको अप्ठ्यारोसँगै अब महामारी फैलिनसक्ने त्रास बढेको कैदी थुनुवा बताउँछन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.