-->
स्त्री शक्ति
Advertisement

लघु जलविद्युत्को लहर अहिले गाउँगाउँ पुगेको छ । स्थानीय समुदायको प्रत्यक्ष सहभागितामा बनेका लघु जलविद्युत् विकासको गतिले कतिपय छिमेकी गाउँबीचमा स्वच्छ प्रतिस्पर्धासमेत बढेको छ । प्रस्तुत तस्बिर त्यही स्थानीय विकासमा जनसहभागिताको ज्वलन्त नमुना हो । तस्बिरमा रुकुम, तकसेराका महिला बिजुलीको फलामे पाइप बोकेर पावर हाउसतर्फ ओसार्दै छन् । गाउँका अधिकांश पुरुष परदेशिएकाले महिलाहरू खोलादेखि पावर हाउस स्टेसनसम्म कुलो मात्र खन्दैनन्, बिजुलीका सामग्री ओसार्न पनि उत्तिकै सक्रिय छन् ।
पछिल्लो समय झारा प्रथा गाउँको विकासको हाइब्रिड नमुना बनेको छ । यस्ता कार्यले समाज र देशलाई फाइदा त पुगेको छ तर स्थानीय महिलाको स्वास्थ्यमा गम्भीर असर पुगेको छ । गह्रुँगो चीज बोक्ने, ओसार्ने, उचाल्ने, सार्ने, फाल्नेजस्ता जोखिमयुक्त कामले आङ खस्ने गर्छ । यस्ता काममा गरिने लापरबाहीले पाठेघरको क्यान्सरमा पनि मलजल गरेको छ । जनस्वास्थ्यमा सरोकार राख्ने सम्बन्धित सरोकारवाला निकायले यसमा ध्यान दिने हो कि !


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.