-->
यसरी चकनाचुर भयो कुसुमको क्यानडा सपना!
Advertisement

काठमाडौं : २७ वर्षीया कुसुम केही वर्षदेखि रोजगारीका शिलशिलामा साइप्रसमा थिइन्। दु:खसुख गरेर साइप्रस पुगेकी उनले रामै पैसा कमाउन थालेकी पनि थिइन्। विदेशमा भएको खर्च उठाउनु र राम्रो पैसा कमाए सुखी जीवन बिताउनु नै उनको प्रमुख उद्देश्य थियो।
अविवाहित उनलाई राम्रो केटा खोजेर वैवाहिक जीवनमा बाँधिनु पनि थियो। उनको जीवनमा जोडिन आइपुगेका थिए जेवी नाम गरेका एक चिकित्सक।
जेवी नेपालमा नै कार्यरत थिए। दुईबीच सम्बन्ध भने फेसबुकले जोडेको थियो। प्रविधिले टाढा रहे पनि उनीहरुलाई नजिक्याउँदै लग्यो। एक दिन जेवीले कुसुमलाई नेपाल आउन आग्रह गरे।
उनको आग्रह सुरुमा कुसुमले स्वीकारिनन्। तर पछि डाक्टर भएको र क्यानडाको भिसा सजिलै लाग्ने भएकाले फर्किन गरेको आग्रह स्वीकारिन्। साइप्रसमा दु:ख गरेर पैसा कमाइरहेकी कुसुमलाई क्यानडा जान पाउने भएपछि के चाहियो?
उनी क्यानडा जाने सपना बुन्दै गत वर्षको पुस १५ गते नेपाल आइपुगिन्। जेवीले पहिले नै उनलाई क्यानडाको भिसा लागि सकेको जानकारी गराएका थिए। यी दुईबीच बिहे गर्ने सहमति समेत भइसकेको थियो।
दुवैजना क्यानडा जान पाउने भएपछि उनले टिकटका लागि साइप्रसमा कमाएको ४ लाख रुपैयाँ जेवीलाई बुझाइसकेकी थिइन्। जेवी कुसुमलाई लिन त्रिभुवन विमानस्थलसम्म पुगेका थिए। केही दिनमात्र विदेश जान बाँकी भएकाले उनीहरुले बाँकी दिन सँगै बिताएका थिए।
विदेश जाने दिन आयो। तर एकाएक जेवी गायव भए। उनी कुसुमको सम्पर्कमा नै आएनन्। त्यसपछि कुसुमको क्यानडा जाने सपना टुट्यो।
सपनामात्र आहुती भएन उनले विदेशमा कमाएको धन पनि सकियो। साइप्रस जाने बाटो पनि टुङ्गियो।
त्यसपछि उनले प्रहरीमा उजुरी दिइन्। प्रहरीले ४ महिनादेखि जेवीलाई खोज्न थाल्यो। केही दिनअघि मात्र जेवी फेला परेका छन्। तर प्रहरीले समातेको जेवी अरु नै कोही थिए।
अन्तत: जेवी त सिन्धुपाल्चोक घर भएका कुलबहादुर गुरुङ रहेको तथ्य खुल्यो। उनले कुसमलाई मात्र हैन अन्य चार जनालाई आफू क्यानडाको पिआर होल्डर, डाक्टर, एसएपीको छोरा भन्दै ठग्दै आएका रहेछन्। फेसबुकबाट र विभिन्न तरिकाले उनले ठग्दै आएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको प्रहरी निरीक्षक गोविन्द पन्तले पहिलोपोस्टलाई बताए।
तामाङले सृजना दंगाललाई पनि अमेरिका लग्ने भन्दै ९ लाख ठगेका रहेछन्। उनले अन्य ३ जनाबाट गरेर २२ लाख भन्दाबढी ठगेको खुलेको छ।
प्रतीकात्मक फोटो :  planoinformativo.com
समाचार
संसद बैठक भोलि दिउँसो २ बजेसम्मका लागि स्थगित, रामचन्द्र पौडेलले ल्याए ४ बुँदे प्याकेज प्रस्ताव
अनशनको १२औं दिनमा डाक्टर गोविन्द केसी पक्षधर र सरकारी पक्षबीच वार्ता
२ बजे पनि बसेन संसद बैठक, नयाँ बानेश्वरमा पुनः बस्यो शीर्ष नेता र सभामुखको बैठक
​​क्षेत्रमै मेसिनबाट प्रश्नपत्र जाँच्ने लोकसेवाको तयारी
​​मनसुनी रेखाको सक्रियताले देशैभरि वर्षा
पूर्व क्लब वायर्नसँग हारे गोर्डिओला, रिवेरीको जर्सी च्यातियो
सहमति खोजिरहेकी सभामुखमाथि प्रम ओली आक्रामक, बैठकमा सभामुख-प्रमबीच चर्काचर्की
​​मच्छिन्द्रनाथको रथ साउन ११ देखि तानिने
​​१३ औं संस्करणको पल्सर स्पोटर्स अवार्ड आज वितरण गरिँदै
धेरैले पढेको
मोदी क्रोधित, दुनियाँ चकित, प्रजातन्त्र लज्जित
यी ठाउँमा पाइनेछ बिहीबारदेखि पेट्रोल, पढ्नुस् राजधानीका पेट्रोल पम्पको सूची
यस्तो घरमा बस्थे युद्धकालमा प्रचण्ड
एसएलसीमा आधाभन्दा बढी फेल, सामुदायिक विद्यालयको नतिजा झन् निराशाजनक
दिवंगत एपिजे अब्दुल कलामका प्रेरणादायी १० भनाई जसले कसैको जीवन बदल्न सक्छ
चीनबाट ल्याउँदा पेट्रोलको भाउ कति पर्ला ?
यसरी एउटा स्वतन्त्र राष्ट्र विश्व मानचित्रबाट सदाको लागि हरायो


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.