-->
घाइते देवनारायणलाई भेट्न प्रधानमन्त्री ओली जादै
Advertisement

१५ साउन, काठमाडौं ।
सप्तरीको तिलाठीमा साउन १३ गते भारतीय पक्षबाट दसगजामा नदीको बहाव थुनेर तटबन्ध बनाएपछिको झडपमा घाइते पूर्वजिविस सदस्य देवनारायण यादव १५ साउन शनिबार काठमाडौं ल्याइएको छ

‘राष्ट्रिय स्वाधिनताका लागि युवा अभियान’ नामक अनौपचारिक समूहको पहलमा यादवलाई काठमाडौं ल्याइएको हो । विराटनगरबाट जहाजमा आएका यादवलाई अभियानकै पहलमा स्वयम्भूस्थित प्रस्तावित मनमोहन शिक्षण अस्पतालमा भर्ना गरिएको छ । उनको उपचारको सम्पूर्ण व्यवस्थासहित काठमाडौंमा रहँदा लाग्ने खर्च अभियानले व्यहोर्ने बताएको छ ।
अभियानका संयोजक ठाकुर गैरेले प्रधानमन्त्री केपी ओलीले यादवलाई मनमोहन अस्पतालमै गएर भेट्ने कार्यक्रम रहेको जानकारी दिए ।nepaliheadlines


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.