ओलीलाई भ्रष्टाचारको अभियोग, दिए पदबाट राजीनामा
Advertisement
|
काठमाडौं, १७ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी महानिरीक्षक भएको समयमा भ्रष्टाचार र अनियमितता गरेको आरोपमा कारबाहीमा परी मुद्दा चलाइएका सशस्त्र प्रहरीका पूर्व–महानिरीक्षक तथा नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष बासुदेव ओलीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार तथा अनियमितता आरोपमा उनीमाथि मुद्दा चलाएसँगै ओलीले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने माग पूर्व सशस्त्र प्रहरी संघमा भित्रभित्रै उठ्दै आएको थियो । साँघु साप्ताहिकले समाचार छापेको छ ।
संघको २०७३ साउन १६ गते बसेको कार्यसमितिको बैठकमा ओलीले राजीनामा दिएका हुन् । सो राजीनामा स्वीकृत गर्दै सोही दिन कार्यसमितिको बैठकले पूर्वआइजीपी किशोर लामालाई अध्यक्षमा नियुक्त गरेको छ ।
dainiknepa

0 comments
प्रतिक्रिया दिनुहोस्...